राजनीति
काठमाडौं । छोराका हत्यारालाई कारबाहीको माग गरेर लामो समयदेखि अशनमा रहेकी गंगामाया अधिकारीले पाँच बुँदे सहमति सँगै अनशन तोडेकी छिन् ।
०७२ साल असोजमा गरेको सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएपछि अधिकारीले अनसन तोडेकी छिन् । १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई सजायँ माग गर्दै गंगामायाले जेठ १५ गतेदेखि अनशन शुरु गरेकी थिइन् ।
कानूनमन्त्री शेरबहादुर तामाङ र राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गंगामाया अधिकारीलाई जुस खुवाएर अनसन तोडाएका हुन् ।
सरकारले जेठो छोरो नुरप्रसाद अधिकारी र गंगामायाको सुरक्षा, हत्यामा संलग्नहरूलाई कानूनी कारवाही, क्षतिपूर्ति, तत्कालको भरण पोषण गर्ने लगायतका विषय समेटिएका थिए ।
कृष्णप्रसादको हत्यामा संलग्न भनिएका छविलाल पौडेल आफैँ अदालत उपस्थित भइसकेका छन् । अन्य आरोपित जानुका पौडेल, भीमसन पौडेल र रामप्रसाद अधिकारी भने सम्पर्कमा आएका छैनन् ।
अनसनकै क्रममा पति नन्दप्रसाद अधिकारीले ०७१ असोज ६ गते मृत्यु भएको थियो । युद्धकालमा छोरा र अनशनकै क्रममा पति मारिएपछि गंगामायाले माग पूरा नभएसम्म अनसन नतोड्ने जनाएकी थिइन् ।
सरकारले पूर्वसहमति बमोजिम एक करोडको अक्षय कोष र भरणपोषणका लागि तत्काल २० लाख उपलब्ध गराउने सरकारले वचनवद्धता व्यक्त गरेको कानूनमन्त्री तामाङले जानकारी दिए ।
सुशील कोइराला नेतृत्वकै सरकारले २० लाख उपलब्ध गराउने निर्णय गरेको भए पनि गंगामायाले पाए नपाएको बारेमा खोजवीन गरिने कानूनमन्त्रीको भनाइ छ ।
अक्षय कोषमा जम्मा भएको पैसाको भने उनले ब्याजमात्रै भोगचलन गर्न पाउनेछिन् । कृष्णप्रसादको २०६१ साल जेठ २४ गते अपहरणपछि हत्या भएको थियो । हत्याको जिम्मा तत्कालीन नेकपा (माओवादी)ले लिएको थियो ।
मिडिया डबली