जनपत्रकार संगठन नेपाल डोटीको आयोजनामा डोटी सिलगढीमा बसेको बैठकले जीवन थापाको संयोजकत्वमा ७ सदस्य जिल्ला भेला आयोजक समिति गठन गरेको छ । सो बैठकमा सम्बोधन गर्दै नेकपा डोटी जिल्ला सेक्रेटरी बिमल धामीले पत्रकार भनेको समाजको सचेत वर्ग भएकोले समाजका हरेक विकृत र विसंगतिको विरुद्धमा बोल्नु र लेख्नु पर्ने बताउनु भयो । साथै सो बैठकमा सम्बोधन गर्दै जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा सेम ब्युरो संयोजक प्रकाश थापाले पत्रकार भनेको समाजको महत्वमहत्वपुर्ण क्षेत्र भएकोले अहिले देखिएको पत्रकार भिरहेको विकृति र विसंगति हटाउन आन्दोलन सृजना गर्नु पर्ने बताउनु भयो सो बैठकको अध्यक्षता तथा सञ्चालन जीवन थापाले गरेका थिए भने बैठकको प्रमुख अतिथी नेकपा जिल्ला सेक्रेटरी बिमल धामी,विशिष्ट अतिथी जनपत्रकार संगठन नेपाल सेम ब्युरो संयोजक प्रकाश थापा र अतिथ्यमा नेकपा जिल्ला सदस्य कृष्ण बहादुर बोहरा,सुशिल मलासी र अखिल(क्रान्तिकारी)का जिल्ला संयोजक प्रकाश कठायत र जिल्ला आयोजक समिति सदस्य दिपक भण्डारीको उपस्थिति रहेको थियो ।