logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सकियाे ओली नेपाल निर्णायक बार्ता, यस्तो भयाे सहमति ?.


  • राजनीति
  • बिहिबार, बैशाख ९ २०७८

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालको होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको हो । भेटमा के कुराकानी भयो भन्नेबारे खुल्न बाँकी रहेको छ । यद्यपि बुधबार साँझ भएको वार्तामा भने ठोस सहमति जुट्न सकेको थिएन ।

मेरियटमा बुधबार साँझ करिब साढे दुई घण्टा प्रधानमन्त्री ओली र नेपालबीच वान टू वान वार्ता भएको थियो ।

पार्टी अध्यक्ष ओलीले माधवकुमार नेपालसहित २७ जना प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेको भोलिपल्ट दुई नेताबीच वार्ता भएको हो । सत्तारुढ दल नेकपा एमालेमा भित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भएको वार्तालाई महत्वको साथ हेरिँदै आएको छ ।

भेटपछि दुबै नेता प्रफुल्ल मुद्रामा होटलबाट बाहिरिएका थिए । तर कसैले पनि वार्ताबारे प्रतिक्रिया भने दिएका थिएनन् ।

गत चैत २ गते एमाले कार्यालय धुम्बाराहीमा भएको भेटवार्ता भएपछि पहिलो पटक ओली र नेपालबीच बुधबार वार्ता हुन पुगेको थियो भने आज त्यसैलाइ निरन्तरता दिइएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार