राजनीति
मन्त्रिपरिषद्को बैठक जारी छ । बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको हो ।
याे पनि……….
दलाल पुजीवादी सत्ताकाे असफताले समाजवादी सत्ता प्राप्त गर्ने परिस्थिति बनिरहेकाे छ : विप्लव
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाली जनताले आखिरी साससम्म जनताको जनतन्त्र र समाजवादका निम्ति लड्नु पर्ने बताउनु भएको छ । आज विश्व सर्वहारा वर्गका महान् नेता लेनिनको १५२ औँ जन्मदिनका अवसरमा सबै नागरिकमा शुभकामना सन्देश दिदै सो कुरा व्यक्त गर्नु भएको हाे । लेनिनको १५२ औँ जन्मदिन तथा ७३ औँ पार्टी स्थापना दिवसका अवसरमा आज प्रेस वक्तव्य जारी गर्दै नेपाली जनताको मुक्ति एवम् स्वाधीनताको चाहनालाई नेतृत्व दिने संस्थापक महासचिव पुष्पलालसहित चारजना संस्थापकप्रति उच्च सम्मानसमेत व्यक्त समेत गर्नु भएको छ ।
वक्तव्यमा भनिएको छ, ‘पार्टी स्थापना दिवस एवम् महान् नेता लेनिनको १५२ औँ जन्मदिन हो । सर्वप्रथम हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी पार्टी स्थापना दिवस एवम् लेनिन दिवसको सुखद अवसरमा सबै नागरिकहरूमा सगर्व शुभकामना व्यक्त गर्दछ । साथै कम्युनिस्ट पार्टी स्थापना गरेर नेपाली जनताको मुक्ति एवम् स्वाधीनताको चाहनालाई नेतृत्व दिने संस्थापक महासचिव कमरेड पुष्पलालसहित चारजना संस्थापक कमरेडहरूप्रति उच्च सम्मान व्यक्त गर्दछ ।’
पार्टी स्थापना दिवसका अवसरमा कम्युनिस्ट आन्दोलनलाई यो शिखरसम्म पुर्याउन आफ्नो जीवन बलिदान गर्ने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै महासचिव विप्लवले बेपत्ता तथा घाइते योद्धाहरूप्रति उच्च सम्मान र स्मरण गर्नु भएको छ । साथै गौरवशाली कम्युनिस्ट आन्दोलनमा सङ्गठित भएर वा साथ–सहयोग गरेर अग्रगामी भूमिका पूरा गर्ने आमपार्टीपङ्क्ति र जनसमुदायमा धन्यवाद प्रकट गर्न भएको छ ।
वर्तमान दलाल पुँजीवादी सत्ताको सङ्कट एवम् असफलताले वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्ने असाधारण परिस्थिति तयार भएको भन्दै उहाँले ‘कमरेड पुष्पलालले पार्टी स्थापनाका क्रममा नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्रमा पार्टीको उद्देश्य उल्लेख गर्दै लेख्नुभएको छ, ‘वर्तमान सामन्तवादी प्रथा र नेपालमा फैलिएको साम्राज्यवादी तथा पुँजीवादी शोषणको जुवालार्ई सफाचट गर्ने बाटो हो,अतः नेपाली जनताले आखिरी साससम्म जनताको जनतन्त्र र समाजवादका निम्ति लड्नु पर्दछ ।’ आज नेपाली जनता सामन्तवादलाई समाप्त गर्न सफल भएका छन् तर सत्ता जनताको हातमा आएको छैन, दलाल पुँजीवादी वर्र्गको हातमा छ । तर दलाल पुँजीवादी सत्ताको सङ्कट एवम् असफलताले यो सत्तालाई परिवर्तन गर्न र वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्ने असाधारण परिस्थिति तयार भएको छ ।’ “मुद्दाहरू खारेज भइसकेका छैनन् । कैयौँ तत्वहरूले यो सहमतिलाई बिथोलेर वा असफल पारेर धमिलो पानीमा माछा मार्न चाहेको पनि देखिँदैछ । यस्तो बेला सहमतिलाई इमानदारीपूर्वक छिटोभन्दा छिटो लागू गर्ने जिम्मा हामीमाथि छ । आशा छ हामी ३ बुँदेलाई लागू गर्दै देशका राजनीतिक, आर्थिक, सांस्कृतिक, राष्ट्रियताका विषयमा गहन विमर्श गर्न र उचित निकास निकाल्न सफल हुनेछौँ ।’
संसदीय व्यवस्थाको स्थानमा जनताको वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त गर्ने दिशामा निर्भीकतापूर्वक अगाडि बढ्न विशेष अपिल गर्दै विप्लवले वक्तव्यको अन्त्यमा भनेका छन्, ‘देशलाई युगान्तकारी निकास चाहिएको यो परिस्थितिमा हामी सबै वामपन्थी, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी एवम् कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध हुन र यो संसदीय व्यवस्थाको स्थानमा जनताको चाहनालाई प्रतिनिधित्व गर्नसक्ने वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त गर्ने दिशामा निर्भीकतापूर्वक अगाडि बढ्न विशेष अपिल गर्दछौँ ।”