logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

पार्टीमा व्यापक हेरफेर गर्दै सकियाे एमाले बैठक, हेर्नुस् मुख्य निर्णयहरु


  • राजनीति
  • शुक्रबार, बैशाख १० २०७८

सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकियकाे छ । बैठकले स्थायी कमिटीबाट माधव नेपाल पक्षधर नेताहरू हटाइएका छन् । साविक नेकपा विभाजनपछि केपी ओली पक्षमा रहेका स्थायी कमिटी सदस्यहरुलाई नै एमालेको स्थायी कमिटीमा रुपान्तरण गरिएको छ ।

बाँकी सदस्य पछि थप्ने जानकारी बैठकमा अध्यक्ष ओलीले दिएका छन् । अब एमालेको स्थायी कमिटीमा अध्यक्ष ओली,उपाध्यक्ष महासचिव ईश्वर पोखरेलसहित निम्न नेताहरू रहने भएका छन् ।

एमाले स्थायी कमिटी

१. केपी शर्मा ओली

२. वामदेव गौतम

३. ईश्वर पोखरेल

४. रामबहादुर थापा बादल

५. विष्णु पौडेल

६. सुवास नेम्वाङ

७. शंकर पोखरेल

८. प्रदीप ज्ञवली

९. लेखराज भट्ट

१०. टोपबहादुर रायमाझी

११. सत्यनारायण मण्डल

१२. विष्णु रिमाल

१३. छविलाल विश्वकर्मा

१४. पृथ्वीसुब्बा गुरुङ्ग,

१५. रघुबीर महासेठ

१६. किरण गुरुङ

१७. केशव बडाल

१८. पुष्पराज कडेंल

१९. मणि थापा

यस्तै बैठकले नेकपा एमालेले स्पष्टीकरण सोधिएका र पेस गरेका सांसदहरूलाई कस्तो कारवाही गर्ने भन्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ ।

केन्द्रीय कमिटीको शुक्रबारको बैठकले स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको एक केन्द्रीय सदस्यले बताए । अध्यक्ष ओलीले स्पष्टीकरणमा आग्रहपूर्ण दृष्टिकोण राख्ने र विगतमा गुटगत गतिविधि गरेको भए पनि सच्चिएर आउनेलाई पार्टीमा स्पेस दिने बताएका छन् ।

ओलीको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘तर, निहुँ खोजेर उद्ण्डता देखाउने र एमाले समाप्त गर्न लाग्छु भन्नेलाई कारवाही गरिने छ। उनीहरूको स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय हुनेछ ।’

एमालेले माधव नेपाल, झलनाथ खनालसहित प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोधेको थियो । तीमध्ये कर्णालीका ४ जनालाई पार्टी र संसद सदस्यबाट निष्कासनको निर्णय भएको छ । योगेश भट्टराईसहित ५जनाले स्पष्टीकरण पेस गरेका छैनन् ।

यस्तै बैठकले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गरेका कारण सांसद पद गुमाएका माओवादी नेताहरूलाई उपनिर्वाचनमा जिताएर पुनः सांसद बनाइने बताएका छन् ।

एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले जेठ ६ गते हुने राष्ट्रियसभाको निर्वाचनमा एमालेबाट रामबहादुर थापा ‘बादल’ नै उम्मेदवार हुने र जिताएरै छाड्ने समेत बताए ।

‘हाम्रो पार्टीमा लागेका कारण माओवादीले कारवाहीको नाममा रिक्त बनाएका पदहरुमा ३५ दिन देखि ६ महिनाभित्र हुने चुनावमार्फत जिताएर ल्याउँछौं । राष्ट्रियसभामा हाम्रो उम्मेदवार रामबहादुर थापा नै हो’, ओलीले भने ।

एमालेमा लागेका पूर्वमाओवादी नेता र कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिइने अध्यक्ष ओलीको भनाइ छ । एमाले ध्वसं गर्न चाहनेहरूबाट बचाईसकेकोले अब आफूहरुको भागमा जित मात्रै रहेको ओलीको दावी थियो । अब हुने आम निर्वाचनमा एमालेले ५० लाख पपुलर मत ल्याउने पनि अध्यक्ष ओलीले बताए ।

ओलीको सम्बोधनसहित आजको बैठक सकिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार