logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

याेगेश ओलीतिर लाग्दै, दिए यस्तो जवाफ


  • राजनीति
  • शुक्रबार, बैशाख १० २०७८

सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पक्षधर सांसद तथा नेताहरुलाई आफ्नो पक्षमा तान्ने प्रयास जारी राखेका छन् । आश र त्रास दुवै देखाएर ओली पक्षले तान्ने प्रयास जारी राखेकामध्ये सूचीमा योगेश भट्टराई पनि छन् ।

ओलीले योगेशलाई आफ्नो पक्षमा आउन आग्रह गरेका छन् । जवाफमा योगेशले आफूमात्र आएर नहुने जवाफ दिएका छन् । उनले पार्टी एकतामा जोड दिएको बुझिएको छ ।

उनले नेताहरु माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमसँग बैठक बसेर सहमति निकाल्न जोड दिए । सबैलाई मिलाएर गएमा पार्टी मजबुत हुने सुझाव दिएका थिए । व्यक्तिमा भन्दा पार्टीको समग्र हितमा जोड दिएका थिए ।

पछिल्लो समय योगेश भट्टराई एमाले एकताका लागि सक्रिय भएका छन् । उनको पहलमा ओली र नेपालबीच भेटवार्ता भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार