विषय प्रवेश :
हाल विश्वमा मौजुद शिक्षा र त्यसको प्रणाली कुनै दृष्टिकोणबाट या भनौ निश्चित विचारधाराबाट संचालित छ ? या कुनै हचुवा तालाबाट यो संचालित छ ? अथवा यो कुन बिचार वा दृष्टिकोणबाट वा भनौ कस्तो दर्शनबाट संचालित भैरहेको भन्ने सवाल आजको मुख्य प्रश्न बन्न गएको छ । पढने र पढाउने जिम्मेवारी लिएकाहरूले भन्नसक्छन र भन्दै पनि आईरहेका छन कि किन चाहियो शिक्षामा दृष्टिकोण, किन चाहियो शिक्षामा दर्शनका कुरा ? यो त वाइयाद बहस हो । यो त जुँगा दारी सेतै फुलेकाहरूको काम हो । यो हामीले गर्ने काम होइन हामीलाई त यहाँ पढ्नु छ, पढाउनु छ हामीले दर्शन तिर सोचेर किन समय खेर फाल्ने जस्ता प्रश्नहरू पनि गर्नसकिन्छ परन्तु यहाँनेर हामीले के बुझ्न जरुरी छ भने कुनै पनि चिज वा बस्तुको निर्माण त्यसको, विकास र विनास निश्चित नियमका आधारमा भैरहेको हुन्छ । जसलाई बुझ्न र बदल्न हामीलाई बस्तु बन्ने नियमहरू बुझ्न अति आवश्यक हुन जान्छ । त्यसरी नै हामीले आजको समाज, राज्य र यसको मुख्य टुलको रुपमा रहेको शिक्षा यसको प्रणाली बदल्नका लागि सर्प्रथम त यसको निर्माणका नियमहरू बुझ्न अति आवश्यक छ ।
नियमहरू आजको समाज र राज्य पनि कुनै न कुनै धारणाका आधारमै चलिरहेको छ । आजको शिक्षा प्रतिको वर्तमान राज्यको दृष्टिकोण वा भनौ बर्तमान राज्यको हेराई के हो ? शिक्षा कस्तो दर्शनमा आधारित छ ? र यसको दर्शन के हो ? शिक्षा र यसको प्रणालीको दर्शन हुन्छ कि हुँदैन हुन्छ भने शिक्षाको दर्शन के हो ? भनेर प्रष्ट पार्न जरुरी छ । हाम्रो यो आलेखमा शिक्षाको दर्शनको नै मुख्य विषय वस्तु हुने छ । त्यसभन्दा अगाडि दर्शन भनेको के हो त छोटो परिचय जान्न आवश्यक हुन्छ ।
दर्शन
शिक्षाको दर्शन बुझ्नकालागी हामीले सर्वप्रथम त दर्शन भनेको के हो बुझ्नुपर्ने हुन्छ । पक्कैपनी हाम्रो नेपाली संस्कार अनुसार हामीले भन्नेगर्छौ “दर्सन पाउँन हजुर, दर्शन पाउनै गारो हजुरको त, भन्ने गछौँ दर्शन गरिसके पछि त्यसबस्तुका बारेमा आफ्नो धाराणा बनाउछौँ । यसबाट अर्थमा दर्शन भनेको हेर्नू, देख्नु र त्यसप्रतिको दृष्टिकोण निर्माण गर्नु हुन्छ भन्ने प्रष्टै थाहा हुन्छ । हेरेर हामीले बस्तु र घटनाप्रति आफ्नो धारणा तय गर्छौ । यस अर्थमा दर्शन भनेको दृष्टिकोण हो । आझै दार्शनिकहरूको शब्द सापटी लिएर भन्दा यो विश्वदृस्टिकोण हो । मार्क्सवादी चिन्तक तथा दार्शनिक मोहन वैद्य किरका अनुसार दर्शन शब्द संकृत भाषाको “दृश” धातुबाट आएको भनिन्छ जसको अर्थ हेर्नू बुझ्नु भन्ने हुन्छ । कुनै पनि वस्तुप्रतिको दृष्टिकोणलाई नै दर्शन भनेर भनिन्छ । दर्शनलाई अङ्ग्रेजीमा फिलोसोफी (Phylosophy) भनेर भनिन्छ । यो फिलोसोफि शब्द सर्पप्रथम ग्रीकका दार्शनिक पाइथागोरसले प्रयोग गरेका हुन ।
जसको अर्थ ( Lover of Wisdom) ज्ञानको प्रेमी अथवा ज्ञाप्रतिको अनुराग भन्ने हुन्छ ।
विभिन्न दार्शनिकहरूले दर्शनलाई भिन्न भिन्न कोणबाट परिभाषित गरेका छन ।
दर्शन पनि चिन्तन र बस्तु(सत्ता) उत्पत्तिको प्रथमिकता र यो जगतको बोधगम्यताका आधारमा दुईभागमा विभाजित छ । त्यो हो भौतिकवादी दर्शन र आध्यात्मवादी दर्शन । आध्यात्मवादी दर्शनका अनुसार चेतनाको उत्पत्ती पहिले भएको हो अथवा चेतना नै यो संसारको आदि (प्रथमिक) तत्व हो। चेतनाले नै यो ब्रह्माण्ड, पृथ्वी, जल, जिवनको सृष्टि गरेको हो । यस दर्शनका अनुसार विश्व ब्रह्माण्डको निर्माण हुनुमा सृष्टिकर्ताको खाँचो परेको र सृष्टिकर्ताले नै सरा जगतको निर्माण गरिदिएका हुन । चेतना नै सम्पुर्ण अस्तित्वको पुर्वाधार हो । पदार्थभन्दा चेतना पहिल्यै अस्तित्वमा थियो ।
आध्यात्मवादी दर्शनका अनुसार विश्वब्रमाण्डको बोध गर्न सकिदैन । अथवा यसलाई मानवको चेतनाले बोध गर्न सक्दैन । यहाँ घट्ने घटना परिघटनाहरूलाई बुझ्न सकिँदैन । मानिसको बुद्धि विवेकले प्रकृतिको रहस्य बुझ्न र यसको विगकासका नियमहरू पत्तालगाउन सक्दैन बदल्ने कुरा त परको कुरा भयो ।
सृष्टिको निर्माण सृष्टिकर्ताले नै गरेको हो भनेर दिनदहाडै उद्घोष गर्ने तर सृष्टिकर्ता कहाँबाट आयो भनेर चुइँक्क नबोल्ने आध्यात्मवादी दर्शनको व्याख्याबाट भगवान, ईश्वर को अस्तित्व प्रष्टै हुन्छ ।
दोस्रो मार्क्सवादी दर्शन (द्वन्द्वात्मक भौतिकवादी):
मार्क्सवादी दर्शनलाई द्वन्द्वात्मक भौतिकवादी दर्शन भनेर भनिन्छ । मार्क्सवादी दर्शनले आदर्शवादी दर्शनले गरेको जगतको रहस्यको व्याख्याको विलकुल विपरीत ढंगले व्याख्या गरेको छ। भौतिकवादी दर्शनले यो जगतको आदितत्व वा प्रथमिक तत्व पदार्थहो भनेर पुष्टि गरेको छ । भौतिकवादले चेतनालाई नभएर पदार्थलाई पहिलो मानेको छ । पदार्थ पहिलो हो त्यसपछि मात्रै चेतनाको विकास भयो । चेतना भनेको त पदार्थको असाधारण विकासको उपज हो । हालसम्मको अध्ययनका अनुसार पदार्थको उच्चतम विकाशको परिणाम नै चेतना हो । भौतिकवादले यो जगतको निर्माणमा कुनै सृष्टिकर्ताको आवश्यकता नभएको प्रमाणित गर्दै आध्यात्मवादले खडागरेको अलौकिक शक्तिको मनगणन्ते तर्कलाई खारेज गरेको छ । यसले हवाइकल्पनामा सवार गरेको जगतको उत्पत्तिसंबंधित गम्भीर विचालाई यथार्थको धरातलमा उतारिदिएको छ । भौतिकवादले यो जगत र जगतको विकासका नियमहरूलाई बोध गर्नसकिन्छ भनेर आध्यामवादको खरो आलोचना गरिदिएको छ । जगतका नियमहरूलाई बुझेर त्यसलाई सपेक्षतामा बदल्नसकिने कुरालाई आफ्ना तार्किक र वैज्ञानिक निष्कर्षहरूद्वारा यसले पुष्टि गरेको छ ।
दार्शनिक प्रतिपक्षता(पक्षधरता) : दर्शनको विषयमा मुख्यरूपमा पक्षधरताको कुरा आउँछ । किनकी समाजमा दुईवटा वर्ग मौजुद छन । तिनिहरूका विचमा वर्गसंघर्ष पनि चल्दै आइरहेको छ । यहि वर्गसंघर्षका विचबाट दर्शनको जन्म भयो । एउटा वर्ग शोषक, उत्पिडक र शासकको रुपमा रहेको छ भने अर्को वर्ग शोषित, उत्पिडित र अन्यायपूर्वक शासित छ । यी दुई वर्गको जीवन र जगतप्रतिको धारणा पनि बेग्लै किसिमको छ । जुन दृष्टिकोणलाई हामी यिनिहरूको विश्व दृष्टिकोण पनि भन्ने गर्छौं ।
यीनिहरू मध्यले कसले कसको पक्षमा वकालत गर्छन त । सत्यको पक्षमा, मानवताको पक्षमा , विज्ञाको पक्षमा , नविनताको पक्षमा कुन दर्शनले वकलात गर्छ या कि यसको विपक्षमा वकालत गर्छ यसैका आधारमा दर्शनको प्रतिपक्षता निहित रहेको छ ।
मान्छे रोगी हुनु, मानिस दु:खी हुनु, अकालमै मृत्यु हुनु , प्राकृतिक विपत्तिहरू जस्ता जीवन र प्रकृतिमा घट्ने घटनाहरूको कारणलाई खोज र अनुसन्धानको विषय नबनाएर सिधै भगवान रिसाएका कारणले घटेका हुन । दु:ख मान्छेको भाग्यका कारणले भएको हो । यो पुर्व जुनिको फलहो भनेर मान्ने आवधारणा नै आध्यात्मवादी अवधारणा हो । यो अवधारणाले हामीलाई आलोचनात्मक बनाएन । यसले आफ्ना विरुद्धमा आउने प्रश्नहरूमाथी प्रतिबन्ध लगायो । बरू प्रमेश्वरलाई पुज्न लगायो, मान्छ!लाई भगवानको मुर्ति पुजक बनायो । त्यसैले यो दर्शन सामजको एउटा हिस्साको औजार बन्यो। आफ्नो त्यस किसिमको अपरिवर्तनिय र जड चरित्रकाकारण आध्यात्मवाद त्यस वर्गको हतियार बन्न पुग्यो जुन राज्यसत्तामा विराजमान थियो । आध्यात्मवाद सामन्तवादी युगमा सामन्तवादको जुझारु हतियार बनेर सामान्तवादको सेवामा रह्यो । यो समाजलाई शोषण दमन गर्ने शासकहरूको दमनको हतियारका रुपमा प्रयोग भयो । मार्क्सवादी चिन्तक तथा मार्क्सवादी दार्शनिक कमरेड चैतन्य आफ्नो पुस्तक मार्क्सवादी दर्शनमा लेख्नुहुन्छ “यूरोपमा मध्ययुगको अन्ततिर आदर्शवाद र भौतिकवादकाबिच जुन संघर्ष चल्यो त्यो मरणशील सामन्तवाद र उदयीमान पूँजीपतिवर्गका बीचको वर्गसंघर्षको अभिव्यक्ति थियो ” – मार्क्सवादी दर्शन पेज ९ । त्यसैले आजको समाजमा विद्यमान जुन संघर्ष चलिरहेको छ त्यो पनि दलाल पूँजीवादीवर्ग र श्रमजीवी, शोषित उत्पिडित सर्वहारावर्ग बिचको भनौ दुई वर्ग विचको संघर्ष हो ।
मार्क्सवादी दर्शन (द्वन्द्वात्मक भौतिकवादी दर्शन) ले प्राकृति र समाजको साच्चा र वैज्ञानिक व्यख्या गरेको छ । यसले सृष्टिको उत्पत्ती र यसका नियमहरूको अन्वेषण गरेर पत्तालागेका तथ्यहरूको आधारमा प्रकृति र समाजको विश्लेषण गरेको छ । मार्क्सवादी दर्शनले समाजको विश्लेषण गर्दै समाजमा वर्गहरूको अस्तित्वलाई उद्घाटित गरिदिएको छ। वर्गहरूका विचमा संघर्ष चलिरहेको भन्दै हालसम्म हामीसम्म आइपुगेको समजको लिखित ईतिहास वर्गसंघर्षको ईतिहास हो भनेको छ । समाज र प्रकृतिको वास्तविक व्याख्या गर्ने भएकै कारण यसले समाजमा पनि समाजिक सत्यको पक्ष लिएको छ । भौतिकवाद समाजको अन्तर्विरोधमा यो शोषित, उत्पिडित, श्रमजीवी र सर्वहारा वर्गको पक्षमा उभिएको छ । मार्क्सवादले वर्गसंघर्षमा सर्वहारा वर्गको र उसको स्वार्थको पक्षधरतामा वकालत गर्दछ । दर्शनशास्त्रको प्रारम्भिक ज्ञान पुस्तकमा भिक्टर आफ्नासयेभ लेख्छन “दासप्रथात्मक समाजमा प्रजातन्त्रवादी तत्वहरूले दासका स्वामीहरूको प्रतिक्रियावादी माथिल्लो तह-कुलीनवर्गको विरुद्ध संघर्षको लागि भौतिकवादकै प्रयोग गरेका थिए । पुँजीवादको स्थापनाकालमा पनि भौतिकवादले सामन्तवाद तथा धर्मको विरुद्ध पुँजीवीवर्गको संघर्षमा वैचारिक अस्त्रको रुपमा काम गरेको थियो ” पेज न.१६ । यी तथ्यहरूबाट के प्रमाणित भएको छ भने वर्गसंघर्षमा द्वन्द्वात्मक भौतिकवादी दर्शनले सदा सत्यको पक्षपोषण गरेको छ । भौतिकवादले सधैं प्रगतिशील र क्रान्तिकारी परिवर्तनका लागि श्रमजीवी र सर्वहावर्गकालागि समाजको क्रान्तिकारी रुपान्तरको संघर्षमा वैचारिक अस्त्रको रुपमा काम गर्दै आएको छ । द्वन्द्वात्मक भौतिकवादी दर्शनले रुढीवाद र अन्धविश्वासका विरुद्ध विज्ञानको , पुरानतनका विरुद्ध नविनता, प्रतिक्रन्तिका विरुद्ध क्रान्तिको संखघोष गर्दछ ।
यस विपरित आदर्शवादी दर्शनले सदा सर्वदा सर्वहारा, श्रमजिवी, शोषित उत्पिडित जनताको होइन साशाकहरूको पक्षमा वकालत गरेको छ र गर्दै आइरहेको छ । आदर्शवादले बिद्रोह होइन प्रतिबिद्रोह, क्रान्ती नभएर प्रतिक्रान्ती, विज्ञाको पक्षमा नभएर रुढिवादको पक्षमा, नविनताको पक्षमा नभएर पुरातनको पक्षमा वकालत गर्न पुग्छ । आजपनी आदर्शवाले मालिकहरूको दर्शन बनेको छ र उनिहरूकै पक्षलिन पुगेको छ। यसको बिपरीत वर्तमान समाजीक संघर्षमा पनि द्वन्द्वात्मक भौतिकवाद दलाल पुँजीवादका विरुद्धको संघर्षमा श्रमजीवी वर्गको वैचारीक र दार्शनिक अस्त्रको रुपमा उभिएको छ ।
शिक्षा र दर्शनको अंतसम्बन्ध:
माथी दर्शनको बृहत् व्याख्या गरिरहदा प्रश्न उठ्छ कि किन शिक्षामा दर्शन र त्यसको व्याख्या गर्न आवश्यक परेको होला ? पक्कैपनी दर्शनको परिभाषा र त्यसको पक्षधरताको विषयवस्तुलाई गहिरो गरि अध्ययन गरिसकेपछी यो किन आवश्यक छ भन्ने कुरा हामीलाई प्रष्टै भएको हुनुपर्छ । दर्शन र शिक्षाको गहिरो सम्भन्ध रहेको छ । शिक्षा र दर्शन एकै शिक्काका दुईपाटाका रुपमा रहेका छन । शिक्षा विना दर्शन हुनै सक्दैन भने दर्शन विहिन शिक्षाको पनि कल्पनै गर्नसकिदैन ।
हरेक युगको दर्शन आफ्नो प्रयोगशालाको रुपमा रहेको त्यो युग/समयको शिक्षामा प्रतिविम्बित भएको हुन्छ । हरेक युगको शिक्षाले त्यो युगको दर्शनको प्रतिनिधित्व गरेको हुन्छ । र दर्शन त्यो समयको शिक्षामा अभिव्यक्त भएको हुन्छ । आफ्नो समयको समाजलाई नै संचालन गर्ने चालकको रुपमा मुख्य भुमिकामा शिक्षा हुने हुनाले पनि शिक्षाको महत्वपुर्ण भुमिका हुन्छ । दर्शन र शिक्षाको सम्बन्धमा जोन डिवे भन्नुहुन्छ “शिक्षा त्यो प्रयोगशाला हो जहाँ दर्शनशास्त्रीय धारा(दिशा) मुर्त र परिक्षण हुन्छ” । अझ शिक्षा र दर्शनको अन्तरसम्बन्धका बरेमा जोहन एडम्स भन्नुहुन्छ “शिक्षा भनेको दर्शनशास्त्रको बहुआयामिक क्षेत्र हो ।”
उत्पादनको संघर्ष, वर्ग संघर्ष र वैज्ञानिक परिक्षाणबाट दृष्टिकोण बन्छ र त्यो शिक्षाको प्रयोगशालामा परिक्षण हुन्छ । त्यो दृष्टिकोण बिकेको शिक्षा समाजमा लागू हुन्छ । र समाजमा प्रतिविम्बित हुन्छ । शिक्षा र दर्शनको असाधरण अन्तरसम्बन्ध यसबाट अझ स्पष्ट हुन्छ ।
शिक्षाको दर्शन :
जसरी दर्शन का दुईवटा धाराहरू छन त्यसरी नै तिनको प्रयोशालाको रुपमा रहने शिक्षाको पनि आ-आफ्नै दृष्टिकोण मौजुद छन । शिक्षाको दर्शन कुन हो बुझ्नकालागी जीवन र जगतको उत्पत्तिको बारेमा यसको दृष्टिकोण के हो भनेर जान्नुपर्द छ । यो ब्रह्माण्डको उत्पत्ति, अथवा पदार्थ र चेतनामध्ये आदितत्व कुन हो अथवा यी दुईमध्ये प्रथमिक कुन हो । यसको सम्बन्धमा अहिलेको शिक्षाले कस्तो धाराणा बनाएको छ । अहिलेको शिक्षाको दर्शन यसैमा निहित रहेको छ । दर्शनको शिक्षाप्रतिको दृष्टिकोण र त्यसमाआधारित शिक्षाले पनि सोही दर्शनको नै अनुसरण गर्ने भयो । किनभने अहिलेको शिक्षा प्रणालिले कसको सेवा गर्दछ भन्ने कुरा पनि त्यसले अनुसरण दृष्टिकोणको आधारमा प्रष्ट हुन्छ । किनकी दर्शनिक पक्षधरताले नै त्यसको शिक्षा प्राणालिको पक्षाधरताको पनि छिनोफानो गर्दछ । अथवा अहिलेको शिक्षाले कस्तो दार्शनिक प्रणाली अंगालेको छ भन्नेकुराले त्यसको राजनीतिका साथै उसको व्यवस्थाको पनि निर्धारण गर्दछ ।
आध्यात्मवादी दर्शनले आध्यात्मवादको जगमा आधारित शिक्षा प्रणालीको विकास गराउँदछ । जति जति विज्ञान र प्रविधिको विकास भएपनी आदर्शवादी दर्शनमा आधारित शिक्षाले घुमाइफिराई रुढिवादकोनै वकालत गर्दछ । जगतको उत्पत्तिको सवालमा पदार्थ र चेताना (आत्मा) मध्ये कुन प्रथमिक हो मान्ने विषयमा पनि यस शिक्षा प्रणालीले घुमाउरो ढंगले चेतना नै अगाडि बनेको हो भनेर मान्छ । चेतना प्रथमिक हो भन्छ र पदार्थलाई चेतनाले जन्माएको हो भनेर मान्छ । यो प्रणालीले जगतको बोधगम्यतालाई पनि छदम तरिकाले अस्विकार गर्दछ । यस्तो शिक्षा प्रणालिलाई हामी आध्यत्मवादी शिक्षाप्रणाली भन्दछौं । यस शिक्षाप्रणालिका पनि दुईवटा धाराहरू छन १-रुढिवादी वुर्जुवा शिक्षा अनि यसको प्रणाली, २- नवउदारवादी-उत्तरसाम्राज्यवादी शिक्षा अनि यसको प्राणाली हो ।
अर्कोतर्फ मार्क्सवादी दर्शन (द्वन्द्वात्मक भौतिकावदी दर्शन) मा आधारित शिक्षा प्रणालीले जगतको उत्पत्ती पदार्थबाट भएको हो भनेर ठोकुवाकासाथ भन्छ । यसले प्रकृति विज्ञान र समाज विज्ञानले गरेका आविष्कारको नतिजा प्रस्तुत गर्दै पदार्थ नै आदि तत्वहो चेतना त पदार्थको असाधारण विकासको उपज मात्रै हो भनेर आध्यात्मवादी शिक्षाको अवधारणालाई खारेज गर्दछ । यसले जगतको बोधगम्यताको असली बास्तविक रहस्योउद्घाटन गर्दै जगतलाई बुझ्न र बदल्न सकिन्छ भन्ने कुरालाई पुष्टि गर्दछ । यसप्रकारको शिक्षालाई मार्क्सवादी शिक्षा (द्वन्द्वात्मक भौतिकवादी शिक्षा / प्रणाली ) भनेर भनिन्छ । यसलाई पनि मुख्य तया तिनभागमा बिभाजन गरिएको छ । जसमा १- जनवादी शिक्षा , २- वैज्ञानिक समाजवादी शिक्षा र वैज्ञानिक समाजवादी साम्यवादी शिक्षा ।
दर्शन (विश्वदृष्टिकोण) नभएको शिक्षा नै हुनसक्दैन । यो विना शिक्षापनी असम्भव जस्तै छ । शिक्षाको पनि आफ्नो दर्शन हुन्छ । त्यसले अबलम्बन गरेको दर्शनको आधारमा नै शिक्षा र यसको प्रणाली निर्धारित हुन्छ । यसैका आधारमा शिक्षाको वर्गिकरण भएको हुन्छ ।
अत: शिक्षाको पनि आफ्नो दर्शन हुन्छ । हरेक समयको शिक्षा त्यस युगसम्म मानवसमाजले हासिल गरिएका उपलब्धी, त्यस समयसम्मको उसको विश्व दृष्टिबाटकोणमा आधारित रहेको हुन्छ ।
(आजाद क्रान्तिकारी विद्यार्थी आन्दोलनका नेता हुनुन्छ)