राजनीति
सत्तारूढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र परित्याग गरी आफ्नो पक्षमा आएकाहरुलाई पुरस्कृत गरेका छन् । उनले यसअघि नै माओवादीका केही प्रभावशाली नेताहरुलाई महत्वपूर्ण जिम्मेवारी दिइसकेका छन् ।
ओलीले आज महाधिवेशन आयोजक कमिटीको बैठकमा सम्बोधनका क्रममा सांसद पद नै दाउमा राखेर एमाले आएकालाई अब हुने चुनावमा जिताउने बताए । उनले यसअघि नै रामबहादुर थापा बादललाई बागमती प्रदेशको इञ्चार्जको जिम्मेवारीमा यथावत राखिएको छ । लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको इञ्चार्जकै जिम्मेवारी पाएका छन् ।
यसअघि कर्णालीको इञ्चार्जको जिम्मेवारी पाएका मणि थापाले लुम्बिनीको सहइञ्चार्जको जिम्मेवारी पाएका छन् ।
आज ओलीले स्थायी कमिटी गठन गरेकोमा माओवादी त्यागेर आएका बादल, टोपबहादुर रायमाझी र मणि थापा मात्र परेका छन् । प्रभु साह स्थायी कमिटीमा ल्याइएनन् । तर, उनलाई विभिन्न कमिटीहरुको जिम्मेवारी दिएर शक्तिशाली बनाइएको छ ।
राष्ट्रिय सभा सांसद पद जाने निश्चित भएका कृष्णबहादुर खड्का अर्घाखाँचीको इञ्चार्ज बनाइएका छन् ।
माओवादी छाडेर एमालेमा प्रवेश गरेका कुन नेताले के जिम्मेवारी पाए हेर्नुस् !
गौरीशंकर थारु चौधरी– प्रमुख, श्रम तथा रोजगार विभाग
चन्द्रबहादुर खड्का- इञ्चार्ज, अर्घाखाँची
प्रभु साह– प्रमुख, सहरी विकास विभाग, इञ्चार्ज, पेशागत महासंघ नेपाल तथा सम्वद्ध संगठनहरु, इञ्चार्ज, नेपाल बुद्धिजीवी परिषद तथा सम्वद्ध संगठनहरु
मणीचन्द्र थापा– सहइञ्चार्ज, लुम्बिनी प्रदेश, प्रमुख, खानेपानी तथा सरसफाई विभाग
रामबहादुर थापा बादल- इञ्चार्ज, बागमती प्रदेश, प्रमुख, राष्ट्रिय सुरक्षा प्रवद्र्धन विभाग
लिलबहादुर थापा मगर- सहइञ्चार्ज, गण्डकी प्रदेश
लेखराज भट्ट- इञ्चार्ज, सुदूरपश्चिम प्रदेश, प्रमुख, उद्दोग तथा वाणिज्य विभाग, इञ्चार्ज, नेपाल उद्दोग व्यवसाय महासंघ तथा सम्वद्ध सगठनहरु
टोपबहादुर रायमाझी- इन्चार्ज, मोर्चा संगठन
दावा तामाङ– प्रमुख, युवा तथा खेलकुद विभाग