logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

सकियाे एमाले केन्द्रीय कमिटी बैठक हेर्नुस् निर्णय


  • राजनीति
  • आइतबार, बैशाख १२ २०७८

नेकपा (एमाले) महाधिवेशन तयारी समितिकाे बैठक सकिएकाे छ । नेकपा एमालेले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने र पार्टीभित्रबाटै फ्लोर क्रस हुनसक्ने बारे सुक्ष्म अध्ययन भइरहेको जनाएको छ ।

क-कसलाई कारवाही अघि बढाउने भन्ने प्रस्ताव तयार पार्ने जिम्मा स्थायी कमिटीलाई दिइएको महाधिवेशन आयोजक कमिटी बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमाले महाधिवेशन आयोजक कमिटीको बैठकबारे जानकारी गराउँदै एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले स्पष्टीकरण बुझाएका सांसदहरूबारे स्थायी कमिटीले आवश्यक प्रस्ताव तयार गरिरहेको बताए । आजको बैठकले कारवाही सम्बन्धी कुनै निर्णय नलिएको उनले बताए ।

‘सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने देखि कर्णालीमा जस्तै परिस्थिति दोहोरिन सक्ने सम्भावनाबारे हामी गम्भीर छौं । त्यस्तो परिस्थिति आउन नदिन आवश्यक सबै कदम चाल्नेछौं’, ज्ञवालीले पत्रकारहरूसँग भने । यसैबीच, बैठकले कोरोनाविरुद्धको लडाइँमा सिंगो पार्टी पंक्तिलाई सक्रिय बनाउने निर्णय समेत गरेको छ ।

यस्तै बैठकले कोरोना महामारीविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको महाधिवेशन आयोजक समितिको बैठकले स्थानीय तह र जिल्लास्थित समितिसँग समन्वय गरेर पार्टी पंक्तिलाई परिचालित हुन एमालेले निर्देशन दिएको हो ।

बैठकपछि एमाले नेता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्वारेन्टिन बनाउने, जिल्ला–जिल्लामा हेल्थ डेस्क राख्ने, सचेतनाका अभियान चलाउन निर्देशन दिएको जानकारी दिए ।

पत्रकारहरुको जिज्ञासामा उनले देशभर एकसाथ लकडाउन गर्ने सोच सरकारको नभएको बताए 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार