logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

जनपत्रकर संगठन नेपाल बाजुराको अध्यक्षमा बिमल शाही


  • जनक शाहि,अछाम
  • सोमबार, बैशाख १३ २०७८

जनपत्रकर संगठन नेपाल बाजुराको अध्यक्षमा बिमल शाही जनपत्रकार संगठन नेपाल बाजुराको आयोजनमा बाजुरा मार्तडीमा भएको प्रथम भेलाले बिमल शाहीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ सो भेलामा सम्बोधन गर्दै नेकपा बाजुरा सेक्रेटरी भरत थापाले पार्टीले अगाडी सारेको एकिकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद पुग्ने बाटो लाई पत्रकारहरुले ऐक्यबद्धता जनाउँदै संचार माध्यमद्वारा व्यापकता ल्याउनु पर्ने बताउनु भयो साथै सो भेलामा सम्बोधन गर्दै जनपत्रकर संगठन नेपाल सेम ब्युरो संयोजक प्रकाश थापाले पत्रकारिता भनेको महत्वपूर्ण मोर्चा र शक्ति भएकाले पार्टीको मिसनलाई साथ दिदै समाजमा भएका विकृति र विसंगतिको विरुद्धमा बोल्नु र लेख्नु पर्ने बताउनु भयो । जिल्ला संयोजक बिमल शाहीको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथी नेकपा बाजुरा जिल्ला सेक्रेटरी भरत थापा,विशिष्ट अतिथी जनपत्रकार संगठन नेपाल सेम ब्युरो संयोजक प्रकाश थापा,अतिथिहरु नेकपा बाजुरा जिल्ला सदस्य विलास, रक्तिम,पार्वती,स्टार र शेर्पा थिए भने भेलाको सञ्चालन खेमराज विश्वकर्माले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार