logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपाकाे बैठकले के के गर्याे निर्णय ? हेर्नुस् [बैठकका तस्बिर]


  • राजनीति
  • बुधबार, बैशाख १५ २०७८

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति काे दशाैं बैठक सम्पन्न भएको छ । नेकपाकाे आधार इलाका ठानिएकाे कपिलवस्तु जिल्लामा सम्पन्न बैठकलाई निकै चासाेकासाथ हेरिएकाे छ ।                                   

बर्तमान राज्यव्यवस्थाकाे बि’रुद्ध रहेकाे नेकपाले २०७६ फागुन २८ गते सरकारद्वारा कठाेर प्रतिबन्ध काे सामना गर्याे । २०७७ फागुन १८ गते नेकपाका महासचिव विप्लवले एक प्रेस विज्ञप्ति जारी गर्दै आकस्मिक वार्ताकाे अपिल गर्दै आफ्नाे पार्टीको तर्फबाट २ सदस्यीय बार्ता टाेली घाेषणा गरे लगत्तै नेताहरुद्वय खडक बिश्वकर्मा प्रकाण्ड र उदय चलाउने दिपक काठमाडौं पुगे । र पहिलो चरणकाे बार्ता भयाे । १८/१९ गतेकाे वार्ता पश्चात् २० गते ३ बुदे सहमति भयाे ।                                                   

उक्त सहमति सार्वजनिक गर्न २० गते महासचिव विप्लव कपिलवस्तुमा भुमिगत पश्चात् सार्वजनिक भए र २१ गते नै वार्ता टाेलीद्वारा आयाेजित राष्ट्रिय सभागृह काे एक भब्य समारोहमा सार्वजनिक भए । महासचिव विप्लव र प्रधानमन्त्री केपी ओलीले संयुक्तरूपमा विशेष सम्बाेधन गरे । तिनबुँदे सहमति अनुसार भुमिगत रहेकाे नेकपामामाथीकाे प्रतिबन्ध फुकुवा गरियाे । नेकपा वार्ता र संम्वाद मार्फत आफ्ना एजेन्डा राख्न तयार भयाे भने सरकार प्रतिबन्ध हटाउन, झुट्टा मुद्दा फिर्ता लिन र नेता कार्यकर्ताहरु रिहा गर्न लिखित सहमति गरे ।                   

तर सहमति अनुसार सरकार जिम्मेवार नबन्दा नेता तथा कार्यकर्ता अहिले पनि झुट्टा मुद्दामा जेल हिरासत छन् । यसैबिचमा सम्पन्न बैठकले आगामी कार्याेजना तय गरेको छ । शान्तिपूर्ण राजनीति यात्रा सुरु गरेकाे नेकपाले अवका कार्यक्रम शान्तिपूर्ण तरिकाले नै अगाडि बढाउने अपेक्षा गरिएकाे छ ।                                                             

यता भने मध्यराती बैठक सम्पन्न भएका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन ।                      

तीन बर्ष अगाडि नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) काे २१ औं राष्ट्रिय सम्मेलनमा बिद्यार्थी आ’न्दोलनमा कृयासिल ४२ नेताहरुलाइ बिदाइ गरि त्यसपछिको पंक्तिकालाई नेतृत्वमा ल्याइएको थियाे ।                                          

यद्यपि बैठकमा के के निर्णय भए भन्नेबारे नेकपाकाे आधिकारिक धारणा नआएपनी झन्डै एक हप्ता सम्म चलेको नेकपाको बैठकले केही महत्त्वपूर्ण राजनीतिक निर्णय गरेको स्रोतको दाबी रहेको छ । त्यस्तै सगठनात्मक क्षेत्रमा समेत केही महत्त्वपूर्ण पहलकदमी लिएको हुन सक्ने समेत देखिएको छ ।

नेकपा स्रोतका अनुसार पार्टी निकट जवस मोर्चाका राष्ट्रिय भेला सम्मेलनहरु स्थगित गरिएको समेत जनाएको छ । अन्य बारेमा भने नेकपाले आधिकारिक धारणा सहित सार्वजनिक गर्ने नेकपा स्रोतले बताएको छ ।                   

त्यस्तै नेकपाको दसौं पुर्ण बैठकमा एकीकृत जनक्रान्तिका सहिद परिवारको तर्फबाट नेकपालाइ मायाको चिनो प्रदान गरिएको छ । क्रान्तिलाई बिजय सम्म पुर्याउन उत्प्रेरित गर्ने र सहिदको सपनामा दृढ रहने संदेश सहित उक्त चिनो प्रदान गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार