नेपाल कम्युनिष्ट पार्टीकाे निकट युवा संगठन नेपाल तनहुँ जिल्लाको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएकाे छ । उक्त सम्मेलनबाट दृष्टिको नेतित्वमा २५ सदस्यीय जिल्ला कमिटी चयन भएकाे छ । उक्त कार्यक्रमकाे संचालन मौसम सुनारले गरेका थिए भने अध्यक्षता दृष्टिले गरेका थिए ।
उक्त सम्मेलनकाे प्रमुख अतिथि नेकपा गण्डक ब्युरो ईन्चार्ज रुपेश,अतिथिहरु गण्डक ब्युरो सदस्य निरु नेकपा तनहुँ जिल्ला ईन्चार्ज निशान,युवा संगठन नेपाल गण्डकी र धौलागिरि ब्युरो ईन्चार्ज बिजयकुमार,नेकपा ब्युरो सदस्य राकेश,युवा संगठन नेपालका केन्द्रीय सदस्य नेत्र,स्याङ्जा जिल्ला सेक्रेटरी दुर्गा, मगर मुक्ति मोर्चाका केन्द्रीय सदस्य मोहन लगायतको उपस्थित रहेको थियो ।
उक्त कार्यक्रममा युवाहरूलाई कार्यक्रमका प्रमुख अतिथि रुपेशले बर्तमान राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति,र दलाल पुजीवादी संसदीय ब्यवस्थाले युवा जनशक्तिको जिबनमा निम्त्याएको संकट र यसकाे समग्र समाधान बैज्ञानिक समाजबादको बिषयमा युवाहरुलाइ मसिनो तर उद्देलित भनाइ मार्फत प्रशिक्षित पार्नुभएकाे थियो ।