नेपाल कम्युनिष्ट पार्टी रुकुम पश्चिमले टेकबहादुर पाण्डेको निधनप्रति दुःख व्यक्त गरेको छ । जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाले शोक बक्तव्य जारी गर्दै पार्टीका विशेष समिति तथा अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य पाण्डेको निधनले पार्टीलाई अतुलनिय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।
६० बर्षको उमेरमा कोभिड-१९को कारणले भएको पाण्डेको निधनले सिंगो पार्टीलाई स्तब्ध बनाएको भन्दै शोक वक्तव्य मार्फत श्रद्धाञ्जली व्यक्त गरिएको छ । पाण्डेको विहीबार राती जिल्ला अस्पताल सल्लेमा उपचारकै क्रममा निधन भएको थियो ।