राजनीति
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयले फेसबुकलगायत सामाजिक सञ्जालमा पार्टी महासचिव विप्लवको नामसँग मिल्ने गरी ‘नेत्रविक्रम चन्द विप्लव’ नामबाट सञ्चालित सबै आईडी नक्कली भएको जनाएको छ ।
केन्द्रीय कार्यालयले पार्टी महासचिवको नाम ‘नेत्रविक्रम चन्द विप्लव’ आईडी राखेर खोलिएका सबै फेसबुक अकाउन्ट नक्कली भएकाले अविलम्ब बन्द गर्न र आमजनसमुदायमा भ्रम नछर्न पनि अनुरोध गरेको छ ।
अब पनि पार्टी महासचिवका नाममा नक्कली अकाउन्ट खोलेर अटेर गरी प्रयोग गरेको पाइएमा पार्टीले त्यसलाई गम्भीर रूपमा लिने पनि कार्यालयले जनाएको छ ।