logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

आकस्मिक मन्त्रिपरिषद बैठक : के गर्ला निर्णय


  • राजनीति
  • आइतबार, बैशाख १९ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको सूचना आएको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार बैठकका एजेण्डा भने खुलाइएको छैन । ती मन्त्रीकाअनुसार नियमित बैठक भएकाले आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुन सक्नेछ।

मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका छन् ।

कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद् बैठकले पारित गर्ने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार