logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सडकबाटै मुख्यमन्त्रीकाे जिम्मेवारी लिएकाे घाेषणा


  • राजनीति
  • आइतबार, बैशाख १९ २०७८

लुम्बिनी प्रदेश सरकार गठनको लागि नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जसपा नेपाल र जनमोर्चाका ४२ जना सांसदहरुले हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथ यादवलाई पत्र बुझाएका छन् । उनीहरुले आफूहरु सशरिर नै उपस्थित् भएको भन्दै आफूहरुसँग बहुमत रहेकोपनि दाबी गरेका छन् ।

शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय अवैधानिक भएको उनीहरुको ठहर छ । विपक्षीहरुको तर्फबाट माओवादी केन्द्रका सांसद कुल प्रसाद केसी ‘सोनाम’ मुख्यमन्त्रीको रुपमा अघि सारिएका छन् । उनले प्रदेश प्रमुख कार्यालय हाताभित्रै सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूले आजैबाट मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार