logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

भखर्रै सकियाे मन्त्रिपरिषद बैठक, के भए निर्णय ?


  • राजनीति
  • सोमबार, बैशाख २० २०७८

मन्त्रिपरिषद बैठकले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला पन्तलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो सिफारिश गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको स्रोतले बतायो । उनीहरू दुवैजना माओवादी केन्द्रनिकट हुन् ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस गरिएको छ । नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार