logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

राष्ट्रपतीद्धारा ७ वटा अध्यादेश जारी !


  • राजनीति
  • मंगलबार, बैशाख २१ २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटा अध्यादेश जारी गरेकी छिन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

घिमिरेको विज्ञप्तिअनुसार यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, औषधि (तेस्रो संशोधन) अध्यादेश, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा सम्बन्धी अध्यादेश, नेपाल प्रहरीसम्बन्धी अध्यादेश र तेजाव तथा घातक रासायनिक पदार्थ सम्बन्धी अध्यादेश रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार