राजनीति
फुटको डिलमा रहेको संसदको चौथो दल जनता समाजवादी पार्टी, नेपालभित्रको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा पनि मतभेद सुरु भएको छ । पार्टीमा अध्यक्ष ठाकुर र महतोले एउटा पक्षको नेतृत्व गरेका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अर्को पक्षको नेतृत्व गरेका छन् ।
ठाकुर–महतो पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने भनिसकेको छ । सोहीअनुसार बहुमत सांसदहरुको हस्ताक्षर संकलन भैरहेको थियो । यसअघि यादव–भट्टराई पक्षले १८ जना सांसदको हस्ताक्षर संकलन गरेको थियो । तर, यो बीचमा यादव पक्षधर चार सांसदले साथ छोडेपछि ठाकुर पक्ष बहुमतमा पुगेको दाबी गरिएको थियो