राजनीति
अनशनरत डा. गोविन्द केसीका समर्थकले निकालेको जुलुसमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । कांग्रेसको भातृ संगठन नेवि संघले नयाँ वानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।
एभरेस्ट होटल अगाडि प्रहरीले जुलुस अघि बढ्न अवरोध गरेपछि झडप भएको थियो । प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्याँस प्रहार गरेपछि नेवि संघले पनि प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको थियो । झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।