राजनीति
चिकित्सा क्षेत्रको सुधारका लागि अनशन बस्दै आएका डा. गोविन्द केसीको समर्थनमा नयाँ वानेश्वरमा कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले गरेको प्रदर्शनका क्रममा प्रदेश नम्बर ३ र ४ का दुई मन्त्रीको गाडी तोडफोड भएको छ ।
प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालको बा २ झ३७६३ नम्बरको गाडी र प्रदेश नम्बर ४ का सामाजिक विकासमन्त्री नरदेवी पुनको ७२३४ नम्बरको गाडीमा तोडफोड गरेका हुन् । उनीहरुको गाडीको अगाडिको भागको सिसा फुटेको छ ।