logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

मध्यराति शितलनिवासबाट बाहिरिएका नेपाल र राष्ट्रपतीबिच के भयाे कुराकानी ?


  • राजनीति
  • शुक्रबार, बैशाख २४ २०७८

राष्ट्पति विद्यादेवी भण्डारी र एमाले नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । एमालेभित्रको विवाद फुटको सङ्घारमा उभिएका बेला राष्ट्रपति भण्डारीले भेटको चाँजोपाँजो मिलाएकी हुन् ।

बिहीबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न बूढानीलकण्ठ पुगेका नेता नेपाल त्यहाँबाट निस्किए लगत्तै शीतल निवास छिरेका थिए ।

उनीहरूबीच पार्टीको आन्तरिक विषयमामाथि नै सघन संवाद भएको बुभिएको छ । नेता नेपाल साँझ ७ः२५ मा शीतल निवास प्रवेश गरेका थिए । भेटवार्ता सकेर रातको १०ः५ बजे शीतल निवासबाट बाहिरएको सुरक्षा स्रोतले जानकारी दियो ।

“राष्ट्रपतिले पटकपटक भेटको प्रस्ताव राख्नुभएको थियो । तर, माधव नेपालले इन्कार गर्दै आउनुभएको थियो,” नेता नेपालनिकट स्रोतले भन्यो ।

पार्टी विभाजनको सन्निकट पुगेका बेला एमाले संवादमा फर्किएको छ । आजै विष्णु पौडेल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टबीच होटल मेरियटमा आधा घण्टा संवाद भएको थियो ।

नेता नेपाल समूहले पार्टी विवाद मिलाउन २०७५ जेठ २ मै फर्कनुपर्ने अडान राख्दै आएको छ । त्यसकै वरिपरि रहेर संवाद अघि बढेको नेताहरूले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार