राजनीति
आमरण अनसनरत डा. गोविन्द केसीका मागको समर्थनमा नेपाली कांग्रेस निकट तरुणदलले निकालेको र्यालीमा प्रहरीले लाठी चार्ज गरेको छ
बानेश्वर बिजुली बजारमा प्रहरीले लाठी चार्ज गर्दा तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतसहति केही कार्यकर्ता घाइते भएका छन् । प्रहरीको लाठीबाट बस्नेतको टाउको फुटेको छ ।
प्रहरीले ८ सेल अश्रु ग्यास समेत प्रहार गरेको छ । निषेधाज्ञा तोड्न खोज्ने तरुण दललाई प्रहरीले अश्रु ग्यास प्रहार गर्नुका साथै लाठी चार्ज गरेको हो ।