राजनीति
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा छलफलका लागि नेकपा एमालेका नेता भिम रावल पुगेका छन् । देउवासहित नेताहरू महामन्त्री पूर्णबहादुर खड्का, प्रमुख सचेतक बालकृष्ण खाँणसँग रावलले वार्ता गरिरहेका छन्।
देउवा निवास बूढानीलकण्ठमा उनीहरूबीच शुक्रबार वार्ता भइरहेको हो।
बिहीबार साँझ पनि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस सभापति देउवाबीच छलफल भइरहेका बेला रावल बूढानीलकण्ठ छिरेका थिए। आज फेरी रावल कांग्रेससँगको सहकार्यमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा छलफल गर्न पुगेको स्रोतले बताएको छ ।