logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

एमालेका प्रतक्ष्य निर्वाचित सांसद काे कता ? हेर्नुस् [सुचिसहित]


  • राजनीति
  • आइतबार, बैशाख २६ २०७८

नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको शक्तिसंघर्ष क्लाइमेक्समा पुगेको छ । राजनीतिक सहमति गर्ने सबै प्रयास असफल भएपछि ओली र नेपाल अन्तिम संघर्षमा पुगेका हुन् ।

विश्वासको मत भोलि लिनुपर्ने अवस्थापूर्व ओलीले नेपाल समूहलाई भरसक फकाउने नभए हटाउने रणनीति बनाएका छन् । नेपाल पक्षधर प्रत्यक्ष निर्वाचित सांसदहरुलाई आफ्नो पक्षमा पार्न ओली लागेका छन् ।

नेपाल समूहले ३२ जना प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सांसदहरुको सूची नै तयार गरेको छ । विश्वस्त स्रोतका अनुसार नेपाल पक्षमा २१ जना प्रत्यक्ष निर्वाचित सांसदले हस्ताक्षर नै राजीनामाका लागि माधव नेपाललाई बुझाएका छन् । राजीनामाका लागि हस्ताक्षर ठिक्क पारिएको छ ।

एमलोभित्रको अहिलेसम्मको अंकगणितमा कुल १२१ सांसद छन् । प्रत्यक्ष निर्वाचित कुल ७९ सांसदमध्ये ओली समूहमा ५८ जना देखिएका छन् । नेपाल समूहमा २१ जना छन् । यीमध्ये कम्तिमा १५ जनाले राजीनामा दिने या सानुपातिकसम्म जोडेर ३२ जनाले राजीनामा दिनेबारे टुंगो लाग्न बाँकी छ । तर, तयारी हालतमा राखिएको छ ।

२१ सांसदले सामूहिक राजीनामा दिएमा ओलीविरुद्ध समिकरण बहुमत पुग्ने सम्भावना बलियो रहन्छ । यसलाई रोक्न पनि ओली लागेका छन् । विश्वासको मत लिन असफल भएमा ओलीले कुसैलाई बहुमतको प्रधानमन्त्री बन्नबाट रोकेर आफू सबैभन्दा ठूलो दलको हैसियतले प्रधानमन्त्री बन्ने रणनीतिमा छन् ।

ओली पक्षीय प्रत्यक्ष निर्वाचित सांसद
केपी शर्मा ओली
सुवासचन्द्र नेम्वाङ
इश्वर पोखरेल
कृष्ण गोपाल श्रेष्ठ
कृष्णबहादुर राई
कृष्णभक्त पोख्रेल
केदार सिग्देल
खगराज अधिकारी
खेमप्रसाद लोहनी
गणेशसिंह ठगुन्ना
गोकुल प्रसाद वाँस्कोटा
गोपाल बहादुर बम
घनश्याम खतिवडा
छविलाल विश्वकर्मा
जगतबहादुर सुनार
तिलबहादुर महत क्षेत्री
दलबहादुर राना
दामोदर भण्डारी
धनबहादुर बुढा
ध्रुवकुमार शाही
नन्दलाल रोका क्षेत्री
नरबहादुर धामी
नवराज रावत
नवराज सिलवाल
नारद मुनि राना
नारायणप्रसाद मरासिनी
पदम गिरी
पद्या कुमारी अर्याल
पार्वत गुरुङ
पोल्देन छोपाङ गुरुङ
प्रदीप कुमार ज्ञवाली
प्रेम प्रसाद तुलाचन
प्रेम बहादुर आले
बृजेश कुमार गुप्त
भानु भक्त ढकाल
भुपेन्द्र बहादुर थापा
भुमि प्रसाद त्रिपाठी
भैरव बहादुर सिंह
महेश बस्नेत
यज्ञ बहादुर बोगटी
रघुबीर महासेठ
रवीन्द्रराज शर्मा
राजबहादुर बुढाक्षेत्री
राजेन्द्रकुमार राई
राजेन्द्र प्रसाद गौतम
रामबिर मानन्धर
लालप्रसाद साँवा लिम्बू
लालबहादुर थापा
लालबाबु पण्डित
लिलानाथ श्रेष्ठ
वसन्तकुमार नेम्वाङ्ग
विशाल भट्टराई
विष्णुप्रसाद पौडेल
शेरबहादुर तामाङ
सुर्यप्रसाद पाठक
हिराचन्द्र केसी
हृदयेश त्रिपाठी

माधव नेपाल समूहका प्रत्यक्ष निर्वाचित सांसद

माधवकुमार नेपाल
झलनाथ खनाल
भीम रावल
सुरेन्द्र पाण्डे
योगेशकुमार भट्टराई
यज्ञराज सुनुवार
विरोध खतिवडा
कृष्णलाल महर्जन
सोमप्रसाद पाण्डे
गोकर्णराज बिष्ट
घनश्याम भुसाल
दिपकप्रसाद भट्ट
झपटबहादुर रावल
कृष्णप्रसाद दाहाल
गणेशकुमार पहाडी
जयकुमार राई
जीवनराम श्रेष्ठ
मेटमणि चौधरी
नारायणप्रसाद खतिवडा
पवित्रा निरौला खरेल
भवानीप्रसाद खापुङ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार