logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

यस्तो सहमति गर्दै सकियाे माधव र ओली समुहका नेताबिच छलफल


  • राजनीति
  • आइतबार, बैशाख २६ २०७८

नेकपा एमालेका नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दुई नेता विष्णु पौडेल र सुवास नेम्वाङबीचको छलफल सकिएको छ ।

सिंहदरबारमा भएको भेटपछि सुवास नेम्वाङले जानकारी दिए अनुसार उनीहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चिन्ता र चासो नेता नेपालसमक्ष राखेका थिए ।

नेता नेपालले पनि आफ्ना कुरा खुलस्त राखेको भन्दै उनले भने, पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्छ भन्नेमा विवाद छैन ।’ कसरी समाधान गर्ने ? केके आधारमा सहमति खोज्ने भन्ने छलफलमै रहेको उनले बताए ।

उनका अनुसार पुनः छलफल गर्ने सहमति भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार