राजनीति
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने सांसदलाई कारबाही हुने बताएका छन् ।
माधव नेपाल समूहका सांसदले विश्वासको मत प्रयोजनका लागि बस्ने संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेका छन् । उनीहरू अनुपस्थित भएमा पार्टीले कारबाही गर्ने भट्टराईको भनाइ छ ।
‘विश्वासको मत दिने बैठकमा सांसदलाई अनिवार्य उपस्थिति जनाउँदै पक्षमा मतदान गर्न ह्वीप जारी भएको छ । अनुपस्थित हुने सांसदलाई पार्टीले कारबाही गर्छ’, उनले भने ।
ह्वीप उल्लंघन गर्ने सांसदको पद खारेज देखि निलम्बन सम्मको अधिकार पार्टीलाई छ ।