logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

माधव समुहका ८ जनाले ओलीलाई मत दिए, हेर्नुस् [नामसहित]


  • राजनीति
  • सोमबार, बैशाख २७ २०७८

अहिले संसदमा सम्पन्न प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतसम्वन्धी प्रस्तावको मतदानमा एमालेको माधव नेपाल समूहका आठ जना सांसदले उपस्थित भएर पक्षमा मतदान गरेका छन् ।

तीन जना प्रत्यक्ष निर्वाचित र पाँच जना समानुपातिक सांसदहरुले प्रधानमन्त्रीको पक्षमा मतदान गरेका हुन् ।

त्यसरी मतदान गर्नेमा राजबहादुर बुढा,ध्रुव शाही,गंगा चौधरी,समिना हुसेन,पार्वती विसुंखे,हिराचन्द्र केसी र बिना बुढाथोकी मगर छन् ।

ध्रुव शाहीसहित तीमध्ये बुढा दैलेखका,केसी दाङका प्रत्यक्ष निर्वाचित सांसद हुन् । श्रोतका अनुसार समानुपातिकलाई मतदानमा जान बन्देज थिएन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार