logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सकियाे मन्त्रिपरिषद बैठक, हेर्नुस् निर्णय


  • राजनीति
  • सोमबार, बैशाख २७ २०७८

मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । अहिले साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त गर्न सिफारिस गरेको हो । मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि सापकोटाले वैशाख ३० गते अर्को बैठक बोलाएका थिए ।

सभामुखले अर्को बैठकको मिति तोकिसकेका अवस्थामा काम चलाऊ सरकारका प्रधानमन्त्रीले अधिवेशन अन्त्यको सिफारिस गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार