logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

सकियाे देउवा दाहाल भेट


  • राजनीति
  • मंगलबार, बैशाख २८ २०७८

प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ ।

देउवा निवास बूढानीलकण्ठमा भएको छलफल भर्खरै सकिएको स्रोतले जानकारी दियो । उनीहरुबीच ४० मिनेट भेट भएको स्रोतले बतायो । भेटमा बहुमतको सरकार बनाउने विषयमा छलफल भएको बताइएको छ ।

आजै देउवाले सर्वदलीय बैठक बोलाएका थिए । तर, दिउँसो २ बजे बोलाइएको बैठक स्थगित गरेर उनले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार