राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बिशेष कार्यक्रम भएको आशंकामा अर्घाखाँची र प्युठानको सिमास्थलका जगंल क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
नेकपाका केन्द्रिय स्तरका विशेष नेताहरुको उपस्थित रहेको भन्ने संकेत पाए पछि प्रहरीले प्युठानको सरुमारानी क्षेत्र र अर्घाखांचीको शितगंगा नगरपालिका बनक्षेत्रमा प्रहरी निगरानी बढाएको स्रोतको भनाइ छ। नेकपाका महासचिव बिप्लब सहित शिर्ष तहका नेताहरु प्रहरी घेरा परिचान गरिएको भएता पनि अहिले सम्म कोहि केही फेला नपरेको स्रोतले जानकारी दिएको छ ।
प्रदेश ५ अन्तर्गत राप्ती अन्चललाई केन्द्रीत गर्दै जनकारबाही बढाउने खबर आएपछी प्रहरीले खोजबिन र अनुसन्धान सुरु गरेको हो । यो बिषयको बारेमा नेकपा र प्रशासन कतै बाट पुष्टी भने भएको छैन ।
यतिबेला सादा पोशाकका प्रहरी तैनाथमा रहेको स्थानियले बताएका हुन । कपिलबस्तु दाङ प्युठान र अर्घाखांचिका सिमा क्षेत्रमा प्रहरीले उपस्थित बाक्लो बनाएकोछ ।
नेकपाका उच्च तहका नेताहरुको संवाद नेट्वर्कले क्याच गरेको र सो संवादको लोकेशन अर्घाखाची र प्युठान देखाएपछी प्रहरीले उच्च सतर्कता सहित निगरानी बढाएको भन्ने बुझिएको छ । यधपी नेकपा स्रोत अनुसार कोहि नेता पनि घेरा बन्दी र असहजता नरहेको र उक्त कुरा निराधार भएको बताएको छ ।