logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

मेयर हत्यारा,गुण्डा कि जनताको सेवक ? किन सुकुम्बासी बस्तीमा पटकपटक दमन गरिन्छ ?


  • मुक्ति गैरे,काठमाडौं
  • आइतबार, जेष्ठ २ २०७८

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट सर्लाही जिल्लाको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले नेपाल कम्युनिष्ट पार्टी विप्लवका समर्थकहरुलाई बिगतका दिन देखि नै मानसिक यातना (धाक,धम्की) दिने कार्य निरन्तर गर्दै आइरहेका छन् । दिनदिनै सुकुम्बासीलाई छानी छानी दमन गर्दै आएका छन् ।

बेथाने गाँउ निबासी एक स्थानियले भने निरन्तर रुपमै २०७८ बैशाख २९ गते पनि बिहान १० बजे मेयर थापाले उक्त वडाका वडाध्यक्ष तथा सदस्यहरुको उपस्थितीमा गुन्डा सैलीमा विप्लव समर्थकहरुको सुकुम्बासी बस्तिका गरिब झुपडीहरु भत्काए । सुकुम्बासी जनताहरुलाई आतंकित पार्दै अझै पनि मेयर थापाले धाक धम्की दिन छाडेका छैनन् ।

दिनदिनै सुकुम्बासीहरुलाई आफ्नो बल प्रदर्शन गरेर मेयर थापाले गुण्डाराज चलाइरहेका छन् एक स्थानीय बताउछन् । सुकुम्बासीकै निमित्त निर्माण गरिएको बस्तीमा विप्लव समर्थकहरुलाई मात्रै सताउने,घरबार बिहिन बनाउने प्रवृतिले यो स्पष्ट गर्छ कि मेयर जनताका लागि हैनन् आफु र आफ्ना भरदारहरुका लागि बनेकाे समेत अाराेप लागेको छ ।

उक्त क्षेत्रका स्थानीय नेता तथा विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला ईन्चार्ज कुमार पौडेलको पासविक हत्यामा प्रत्यक्ष संलग्न रहेकाे र उक्त घटना घटाउन प्रेरित गरेको राष्ट्रिय मानव अधिकार आयोगले दाबी गरेकाे छ । साथै मेयर थापालाई कुमार पौडेलको हत्यामा संलग्न रहेको अाराेपमा कार्वाहीकाे सिफारिस समेत गरेको छ । उनलेे कुमार पाैडेलकाे हत्या पश्चात निरन्तर रुपमा यस सुकुम्बासी बस्तीमा जनताहरुलाई दु:ख दिइरहेकाे स्थानीय बताउछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार