logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

विद्यार्थी दिवस पारेर भित्ते पात्राे सार्वजनिक


  • मुक्ति गैरे,काठमाडौं
  • आइतबार, जेष्ठ २ २०७८

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) रूपन्देहीले ५७ औँ विद्यार्थी एकता दिवस (जेठ १ गते) को अवसरमा २०७८ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । शनिबार सम्पन्न उक्त भित्तेपात्रो सार्वजनिक कार्यक्रममा अखिल(क्रान्तिकारी) लुम्बिनी ब्युरो संयोजक विरेन्द्र विक,केन्द्रीय सदस्य तथा रूपन्देही जिल्ला इन्चार्ज रूपा बुढा मगरको विशेष उपस्थिति रहेको थियो । ५७ औँ विद्यार्थी एकता दिवसको अवसरमा भित्तेपात्रो सार्वजनिक तथा शुभकामना आदानप्रदान गरिएको थियो ।कार्यक्रम रुपन्देही जिल्ला संगठनकी जिल्ला अध्यक्ष इन्दु वलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार