logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

सरकारद्दारा वार्ता भाड्ने तयारी काेभिड सचेतना अभियान चलाई रहेका चार नेकपाका नेता पक्राउ


  • मुक्ति गैरे,काठमाडौं
  • आइतबार, जेष्ठ २ २०७८

कोभिड-१९ निवारण अभियानमा स्वास्थ्य सामग्री संकलन तथा वितरण गर्दै हिँडेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाका ४ नेता कार्यकर्तालाई प्रहरीले झण्डै ३ घण्टा हिरासतमा लिएर छाडेको छ।

आज झापाको दमकमा स्वास्थ्य सामग्री वितरण तथा संकलन अभियानमा रहेका नेपाल कम्युनिस्ट पार्टीका ४ नेता कार्यकर्तालाई माक्स र सेनेटाइजर सहित पक्राउ गरेको र हिरासतमा राखेकाे भन्दै नेकपाका जिल्ला सचिव प्रशान्तले आक्रोश पाेखेका छन्।

महासचिव नेत्र विक्रम चन्दले केही दिन अघि एक विज्ञप्ति जारी गर्दै देशभर आफ्ना कार्यकर्तालाई काेभिड-१९ विरूद्दकाे अभियानमा लाग्न निर्देशन दिएका थिए। साेहि अनुरूप झापामा नेकपाले विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको थियोे । यसअघि अखिल (क्रान्तिकारी ) ले समेत झापाका विभिन्न स्थानमा स्वास्थ्य सामग्री वितरण गरेको थियोे ।

यश विषयमा हामीले जिल्ला प्रहरी कार्यालय झापामा बुझ्दा उनिहरूले निषेधाज्ञा उल्लंघन गरेका कारण पक्राउ गरिएको र केही समय पश्चात् उनिहरूलाई छाडिने प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिएका थिए।

पक्राउ पर्नेहरूमा युद्ध ,सुमन, भुपाल र योगेश रहेकाे नेकपाले जानकारी दिएको छ । हाल उनिहरू छुटिसकेकाे र उक्त अभियानमा प्रयोग गरिएको गाडी भने प्रहरीले नछाडेकाे समेत नेकपाले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार