नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बीच भएको ३ बुँदे सहमति विपरित मकवानपुरका नेकपा कार्यकर्ता किरण लामालाई यहीँ मिति २०७८ बैशाख ३१ गते उहाँको घरमै प्रहरी पुगेर पक्राउ पुर्जी जारी गरिएको छ ।
फरार अभियुक्त भन्दै वैशाख ३१ गते लामाको घरमा जिल्ला अदालत मकवानपुरको आदेश पत्रलाई प्रहरीले पक्राउ पुर्जी पठाएर म्याद टाँसेको हो ।
नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बिच २०७७ फागुन २० गते प्राज्ञ प्रतिष्ठान, काठमाण्डौमा औपचारिक रुपमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवको साथमा पार्टी प्रवक्ता प्रकाण्ड र केन्द्रीय सदस्य दिपक र नेपाल सरकारका प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली बिच तीन बुदे सहमति पत्रमा हस्ताक्षर भएको थियो ।
राजनैतिक मुद्धा राजनैतिक तवरले वार्ता र सम्बादको माध्यमबाट हल गर्ने सहमति भए पनि पुर्व सहमति विपरीत उत्तेजित एवम् त्रसित बनाउने किसिमको गतिविधि राज्यका निकायहरुबाट भएको मकवानपुरले जनाएको छ । सरकार र नेकपा बिच वार्ता सम्पन्न भएता अहिलेसम्म अाधा दर्जन नेता कार्यकर्ताकाे प्रहरीले निरन्तर पक्राउ पुर्जीका म्याद टाँस गर्दै अाएकाे नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता बताउने गरेका छन्। वार्ता पछि सम्बन्धित घटनाका बारेमा तलको लिङ्कहरु खाेलेर अध्ययन गर्नु सक्नुहुन्छ) ।सरकारद्दारा वार्ता फाड्ने तयारी काेभिड सचेतना अभियान चलाई रहेका चार नेकपाका नेता पक्राउधमाधम तीन बुँदे सहमति ताेड्दै सरकार सम्बन्ध निकायसहमति विपरीत कार्यकर्ता इन्द्र नगरकोटी घरमा पक्राउ पुर्जी टाँस