logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बादललाइ एमालेको बैठकमा तुरुन्तै नराख्ने !


  • राजनीति
  • सोमबार, जेष्ठ ३ २०७८

शुक्रबार साँझ सिंहदरवारमा नेकपा एमालेका ओली पक्ष र माधव नेपाल पक्षबीच वार्ता तय भएको थियो । वार्ताको मूल एजेण्डा थियो एमालेलाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काउने । यो एजेण्डामा केपी ओली सहमत भएको भनिएको थियो । एमालेलाई त्यसरी जेठ २ मा फर्काउँदा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ एमालेको केन्द्रीय कमिटीमा नरहने पक्कापक्की छ । तर शुक्रबार ओलीले एमालेको आन्तरिक छलफलमा पूर्वमाओवादी नेता बादललाई पनि हाजिर गराए ।

​सिंहदरबारको छलफलमा ओलीले आफ्नो पक्षबाट साविक माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका बादललाई समेत राखेपछि खनाल–नेपाल पक्ष ओलीप्रति सशंकित बनेको छ । एमाले विवादमा कुनै सरोकार र जानकारी नै नभएका थापालाई छलफलमा राखेपछि नेता नेपालले यसबारे प्रश्न गरेका थिए ।

‘पार्टीमा भर्खर प्रवेश गरेका रामबहादुर थापालाई एमालेको पूर्व विवादमा सामेल गराउनु अनुचित कुरा हो, त्यो कुरा उहाँ आफैंले बुझ्नुपर्ने हो,’ माधव समूहका एक नेता भन्छन्, ‘विवाद समाधान भएपछि उहाँलगायत पार्टी प्रवेश गरेकालाई स्वागत गर्ने र जिम्मेवारी दिने बेग्लै कुरा हो, तर एमाले विवाद मिलाउने कुरामा उहाँको प्रवेश र प्रयोग हुनुहुँदैन,’ एक नेताको भनाइ छ ।

शनिबार माधव नेपाल पक्षले गरेको जुम मिटिङमा पनि बादलको ‘इन्ट्री’ले आशंका गर्ने ठाउँ रहेको भन्दै सर्तक र सचेत हुन नेता नेपाललाई उनी निकट नेताहरुले सुझाव दिएका छन् ।

छलफलमा सहभागी सो समूहका धेरै नेताहरुले वरिष्ठ नेता नेपाललाई बादलको प्रवेश शंकास्पद रहेको भन्दै आफ्ना एजेण्डाबाट पछि हटेर कुनै हालतमा सहमति नगर्न सुझाव दिएको नेता राजेन्द्र राईको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार