logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

९ बुधे सहमति सरकारी हल्ला मात्र, डा केसीको अनशन जारी


  • राजनीति
  • बिहिबार, साउन १० २०७५

अनशनरत डा गोविन्द केसी र सरकार बीच भएको भनिएको सहमति सरकारी हल्ला मात्र रहेको केसी निकट स्रोतले जनाएको छ  ।

१० वर्षे आशय पत्र नदिन दुबै पक्ष सहमत भएका छन् । तर, सम्बन्धनको हकमा प्रतिबन्ध लगाउन सरकार तयार नभएको डा. केसीको वार्ता टोलीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

डा. केसीले भने यो माग पूरा नहुने हो भने आफ्नो अनसन जारी रहने बताएको वार्ता टोलीका सदस्य डा. सुरेन्द्र भण्डारीले बताए । उनले भने, ‘डा. केसीको अडान १० वर्षसम्म सम्बन्धन दिनु हुँदैन भन्ने छ । सरकारले १० वर्ष हटाइनुपर्छ भन्ने छ । यही कुरामा वार्ता अडि्कएको छ ।’

यसबारे छलफलका लागि फेरि बालुवाटार बोलाइएको वार्ता टोली संयोजक डा. अभिषेकराज सिंहले जानकारी दिए ।
वार्तामा सम्बन्धनको एउटा विषयलाई इगो नबनाउन र माग सम्बोधन गर्न आग्रह गर्ने भण्डारीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार