logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मन्त्रिपरिषद बैठक सकिए लगत्तै महन्थ राजेन्द्र पुगे बालुवाटार


  • राजनीति
  • बिहिबार, जेष्ठ ६ २०७८

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।

मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपतिलाई मार्ग प्रशस्त गर्ने निर्णय गराएसँगै उनीहरू बालुवाटार पुगेका हुन् ।

अहिलेसम्म तटस्थ बस्दै आएका ठाकुर र यादव मन्त्रिपरिषद्को निर्णयलगत्तै बालुवाटार पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार