logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

आकस्मिक कांग्रेस पदाधिकारी बैठक बस्दै


  • राजनीति
  • शुक्रबार, जेष्ठ ७ २०७८

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ। राष्ट्रपतिबाट संविधानको व्यवस्था विपरीत गएर नयाँ सरकार गठनका लागि आह्वान गरिएपछि काँग्रेसले छलफल गर्न भन्दै पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको हो।

बैठक शुक्रवार बिहान सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने काँग्रेस सह महामन्त्री डा.प्रकाश सरण महतले जानकारी दिए।

बैठकले संविधानको धारा नाघेर धारा ७६ (५) अनुसार सरकार गठनका लागि आह्वान भएको अवस्थामा नयाँ रणनीति बनाउने बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार