राजनीति
सत्तासिन दल नेपाल कम्युनिस्ट पार्टीभित्र डा गोविन्द केसीको विषयलाई लिएर लडांई शुरु भएको छ ।
चिकित्सा क्षेत्रको सुधारका लागि डा केसी जुम्लामा अनशन बसेपछि सरकारले केसीको स्वास्थ्य अत्यन्तै बिग्रेपछि बल प्रयोग गरि राजधानी ल्याएको थियो ।
२७ दिन सम्म अनशन बसेका डा केसीले सरकारसित भएको सहमतिपछी उनले अनसन तोडेपनि नेकपा भित्र भने यसको नकारात्मक प्रभाव परेको छ । साउन ६ गते नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अनसनरत गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालमा गएर भेटेका थिए ।
प्रकाशले केसीलाई भेटेपछी सामाजिक संजाल ट्वीटरमा, ‘आज दिनभर डा.केसीको अनशन आन्दोलन, परिस्थिति र समाधानका बारेमा विभिन्न व्यक्तिहरुसंगको छलफलमा ब्यस्त रहें’ । डा.केसीलाई पनि भेटे । सबै मिलेर तथ्य, तर्क र औचित्यका आधारमा छिटै सकारात्मक समाधान निकालौं ।’ भन्ने अभिव्यक्ति दिएका थिए ।
नेकपाका प्रवक्ता श्रेष्ठले केसीलाई भेटेको दोस्रो दिन नेकपाका नेताहरु बालुवाटरमा जम्मा भएका थिए । सचिवालयका नेताहरु केसीको आन्दोलनका बारेमा अनौपचारीक रुपमा छलफल गर्न जम्मा भएका हुन् ।
सो अनौपचारिक भेटमा नेकपा अध्यक्ष प्रचण्डले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई, तपाई केसीलाई डा.गोविन्द केसीलाई भेट्न जानु भयो ? भनेर सोधेका थिए ।
प्रचण्डको प्रश्न भूंइमा झर्न नपाउँदै श्रेष्ठले आक्रोसितमा भएर ‘तपाईहरुको प्रवक्ता मलाई चाहिदैन । तपाईहरु नै खानुहोस् ।’ भनेर जवाफ दिएका थिए । श्रेष्ठले एकोहोरो बोलेपछि दुबै अध्यक्ष चुपचाप लागेका स्रोतले बतायो ।
छलफल सकेर श्रेष्ठ बाहिरिएपछि दुवै अध्यक्षले उनलाई सम्झाउन माधवकुमार नेपाललाई जिम्मा दिएको बताइएकाे छ ।
आफू भन्दा जुनियर व्यक्तिलाई महासचिव बनाएको र आफूलाई प्रवक्ता मात्र बनाएकोमा श्रेष्ठ दुवै नेतृत्वप्रति पार्टी एकता प्रकृया वरपर देखि नै असन्तुष्ट छन् ।