राजनीति
राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद नरहेका ७ मन्त्रीलाई काम गर्न सर्वोच्चले रोक लगाएसँगै मन्त्रीविहीन रहेको मन्त्रालय सम्हाल्ने जिम्मेवारी प्रधानमन्त्री केपी ओलीलाई नै तोकेकी छिन् ।
राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा अदालतले दिएको अन्तरिम आदेशअनुसार मुद्दाको टुङ्गो नलाग्दासम्म प्रधानमन्त्रीले नै जिम्मेवारी सम्हाल्ने गरी जिम्मेवारी तोकेकी हुन् । याे पनि…………. शहिद तथा बेपत्ता याैद्धाका सपना जस्तोसुकै स्थीतीमा पनि पूरा गर्छाै : विप्लव
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव वेपत्ता याेद्दा दिवसको अवसर पारेर एक प्रतिबद्धता वक्तव्य सार्वजनिक गर्नु भएको छ । उक्त वक्तव्यमा महासचिव विप्लव सहिद तथा वेपत्ताहरुकाे सपना पुरा गर्न आफ्नाे पार्टी,नेता र कार्यकर्ता प्रति प्रतिबद्ध रहेको धारणा सार्वजनिक गर्नु भएको छ साथै उहाँले वेपत्ताहरुकाे सपना देशलाई स्वाधीन र मुक्त वैज्ञानिक समाज परिवर्तन गर्ने उच्च वैज्ञानिक व्यवस्था समाजवाद प्राप्तिको निम्ति जस्तोसुकै त्याग र बलिदान गर्न प्रतिबद्ध रहेको र आफुहरु यहीँ महान अभियान निरन्तर लागेको बताउनुभयो साथै उहाँले भन्नु हुन्छ “देशलाई दलाल पुँजीवाद एवं संसदीय व्यवस्थाबाट बैज्ञानिक समाजवादमा रुपान्तरण गर्न अघि बढौँ । हाम्रो पार्टी त्यसका लागि जुनसुकै त्याग र बलिदान गर्न प्रतिबद्ध छ । हामी यो पार्टीका नेता-कार्यकर्ता प्रतिबद्ध छौँ । हेर्नुस् प्रेस विज्ञप्ति 