logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

व्यक्ति होईन व्यवस्था फेर्ने चुनाव गरौं


  • लेखक-सुन्दर लामा
  • शनिबार, जेष्ठ ८ २०७८

देश कोभिडले आक्रान्त छ। जनताहरु रोग र भोकको सन्त्रासमा बाँचिरहेका बेला संसदवादी दलालहरु सत्ता र कुर्सी कै निम्ति तछाडमछाडमा व्यस्त छन्। तिनीहरुलाई जनताको कुनै मतलब छैनन्। बस्,सत्ता र कुर्सी हात पार्न पाए करोडौं र अर्बौं कमिसन र भ्रष्टाचार गर्न पाउलान् भन्ने जोड घटाउमै व्यस्त छन्। एकातिर कोभिडका बिरामीहरु अक्सिजन र बेडको अभावमा अकालमा मृत्युवरण गर्न विवश छन भने अर्को तिर आकाशिएको बजार भाउका कारण एकछाक टार्न धौ धौ।
संसदवादी दलालहरु सत्ताको जोड घटाउमा खसी बोका झैँ खुल्याम साम्सदहरु किनबेचमा व्यस्त छन्। यिनीहरूलाई जनता रोगले मरोस या भोकले मरोस मतलब छैन्।
एकथरी दलालहरु सत्ता हात पार्ने दाउमा करोडौं लगानी गरेर खसी बोका झैँ साम्सदहरु किनिरहेक छन् भने अर्को तिर सत्ता र कुर्सी जोगाउनका निम्ती केपी ओलीहरु न्वारान देखिको बल लगाएर सत्ता र शक्तिको दुरुपयोग गरिरहेका छन्, राज्यकोषको चरम दुरुपयोग गरिरहेका छन।
नेपाली धर्तीमा असफल भएका कथित संसदीय व्यवस्थामा रमाउनेहरु सत्ता जोगाउन र सत्ता प्राप्त गर्न हदैसम्मको घृणित कार्यहरु गर्दैछन्। मतदाताहरुको मतको चरम दुरुपयोग गर्दै एकथरी दलालहरु गणतन्त्र नेपालका बडामहारानीसङ्ग कुर्सीको भिख माग्दैछन भने सत्तामा जुका झैँ टाँसिरहेका केपी ओली तिनै बडामहारानी प्रयोग गर्दै जनताले दिएको मतको अवमूल्यन गर्दै पटकपटक संसद विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेर विपक्षीहरु माथी धावा बोलिरहेका छन्। तमासेहरु कोहि उत्सव मनाउदै ताली बजाईरहेका छन् भने कोहि दुखी हुँदै गाली सहित रोदनमा डुबुल्की मार्दैछन।
एकथरी हामी मान्छेहरु भने यो असफल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको खाका सहित पात्र फेर्ने चुनावको विकल्पमा व्यवस्था फेर्ने चुनावलाई अगाडी सारिरहेका छौँ।
कुनै व्यक्ति विशेषको होईन व्यवस्थाकै विकल्प खोज्ने बेला आएको छ। जहाँ सम्पुर्ण नेपाली जनताले मुक्तिको श्वास फेर्ने छन्। समृद्धिको अनुभुती गर्ने छन्, शान्ति र स्थायित्वको प्रत्यक्ष आभास गर्नेछन्। त्यसैले आम परिवर्तनका हकदारहरु, गणतन्त्रका लाल रक्षकहरुले यो घृणित असफल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी राज्यव्यवस्थालाई रोजौ।
कथित संसदीय व्यवस्थामा हुने सबै खाले निर्वाचनको विकल्प खोजौ।
व्यक्ति चुन्ने निर्वाचन होईन व्यवस्था फेर्ने अभियानमा जुटौं।
धन्यवाद । (धादिङ देखि)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार