logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

जनमत संग्रह गरेर मात्रै समाधान हुन सक्छ : पुर्ण सिंह


  • मुक्ति गैरे,काठमाडौं
  • शनिबार, जेष्ठ ८ २०७८

नेकपाका युवा नेता पुर्ण बहादुर सिंहले खुद्रा खालका पात्र केन्द्रित निर्वाचनहरु गरेर देश वर्वाद गर्ने नभएर जनमतसंग्रह मार्फत बैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नुपर्ने धारणा व्यक्त गरेकाछन ।
मार्क्सवादी लेनिनवादी,माओवादी अध्ययन मंच,नेपालकाे अायाेजनामा “रणनैतिक संयुक्त माेर्चा,पार्टी एकताका संम्भावना र चुनाैतिहरु”काे बिषयक भर्चुअल अन्तक्रिर्या कार्यक्रममा बाेल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा

अखिल(क्रान्तिकारी) पुर्व केन्द्रीय अध्यक्ष पुर्ण बहादुर सिंहले “दलाल पुँजिवादी संसदीय व्यवस्थामा पैदा भएको अर्थराजनितिक संकटको निकास वैज्ञानिक समाजवाद्दारा जनताको शान्ति,स्थिरता र समृद्धिकाे चाहनालाई पुरा गर्ने उदेश्यमा केन्द्रित संयुक्त रणनीतिक माेर्चाकाे उदेश्य रहेको बताउनुभएकाे छ ।साथै उहाँले पार्टी एकताकाे अाधारलाई जाेड दिदै भन्नुभयो “मालेमावादकाे सार्वभौम सच्याँईलाई सर्वहारा वर्गीय कम्युनिस्ट पार्टीको मान्यतालाई अात्मसाथ गर्दै सत्तालाई हेर्ने,बुझ्ने र बदल्ने दृष्टिकोण र एकतालाई बाेध गर्ने एकीकृत जनक्रान्तिकाे कार्यदिशा नै रहेको बताउनुभयो । अहिलेकाे मरण तुल्य अवस्थामा पुगेको दलाल पुँजीवादी व्यवस्था संसदीय व्यवस्थाका विरुद्धमा एकीकृत जनक्रान्तिकाे कार्यदिशाले नै लडाइँ लडेर वैज्ञानिक समाजवादी झण्डा फहराउन सक्ने भएकोले सबै कम्युनिस्टहरु क्रान्तिकारीहरुलाई नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकरण हुन समेत अाह्वान गर्नु भयो साथै विद्दमान देशको राजनीतिक संक्रमणकालिन जुन संकट पैदा भएको छ यसको समाधान भनेको प्रगतिशील संयुक्त सरकार मार्फत दलाल संसदीय पुँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था भन्ने बिषयमा हाम्रो पार्टीले उठाएको विधि र बाटो जनमत संग्रह मार्फत जनतालाई निर्णायक फैसला गर्न दिनु पर्ने समेत बताउनुभयो नकि चुनावबाट हाेईन्” । यस्तै उक्त कार्यक्रममा नेपाल नेकपा(माअाेवादी क्रान्तिकारी)का केन्द्रीय सदस्य ईश्वर तिमिल्सिना,वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य जागृत रायमाझी,नेपाल कम्युनिस्ट पार्टी(श्रृषि कट्टेल)का केन्द्रीय सदस्य कृष्णहरि भट्टकाे उपस्थित रहेको थियोे । साथै उक्त भर्चुअल कार्यक्रममा १२१ जनाको सहभागीतामा मंचका संयाेजक उषाकिरण आजादकाे अध्यक्षतामा तथा कुमार बार्ताेलाकाे संचालनमा कार्यक्रम सम्पन्न भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार