logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

नेकपा,कञ्चनपुरले बिपन्न परिवारहरुलाई राहत वितरण कार्यक्रम सम्पन्न


  • मुक्ति गैरे,काठमाडौं
  • शनिबार, जेष्ठ ८ २०७८

नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले सत्तारुढ दल र प्रतिपक्ष दलहरु कुर्सिको लाछाचुडि गरिहेको बेला विप्लव नेतृत्वको नेकपा भिमदत्त नगर कमिटीले वास्तविक बिपन्न परिवारहरुलाई राहत स्वरुप चामल,दाल र सावुन बितरण गरेको नेकपा कञ्चनपुरका युवा नेता दिपेन्द्र ऐरीले बताएका छन । उक्त राहत वितरण कार्यक्रममा नगर कमिटी ईञ्चार्ज खडक सिह धामि,अखिल नेपाल किसान महासंघ क्रान्तिकारी कञ्चनपुर जिल्ला अध्यक्ष रघुबिर जोसि र युवा नेता राकेश चन्द लगायत अन्य युवाहरुको पनि उपस्थित रहेको थियो भने यस्ता हरेक संकटहरुको बेला हाम्रो पार्टी र पार्टी कार्यकर्ता र जनसेवक भएर निरन्तर खटिरहने कुरा कार्यक्रममा बोल्दै नगर ईञ्चार्ज धामि बताएका छन भने हामि यो राहत वास्तविक बिपन्न परिवारहरुलाई वितरण गरिरहेका छौं,यो राहत वितरण न कुनै भोटका लागि हो न कुनै सत्ता र कुर्सीका लागि हो । हामिले यो राहत बिषम परिस्थितिको बेला एकदमै बिपन्न परिवारहरुलाई
वितरण गरेका छौ भनि किसान नेता रघुबिर जोसिले बताएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार