logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

कोभिड १९ लडाई साझा भएको हुँदा यसको रोगथाममा सबैको सहयोग र सहकार्य आवश्यक छ : नेता सन्देश पाैडेल


  • मुक्ति गैरे,काठमाडौं
  • शनिबार, जेष्ठ ८ २०७८

चितवनको माडीमा अवस्थित बघौंडा अस्पताललाई आज अक्सिजनसहित स्वास्थ्य सामाग्रीहरु सहयोग स्वरुप हस्तान्तरण गरिएको छ । नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवं चितवन जिल्ला इञ्चार्ज सन्देश पौडेल,सामाजिक अभियान्ताद्वय तारा पौडेल र एन्ड्र पौडेलको संयुक्त टिमको तर्फबाट बघौंडा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । आज उपलब्ध गराइएका स्वास्थ्य सामग्रीहरुमा अक्सिजन कन्सन्ट्रेटर २ थान,अक्सिजन सिलिन्डर ५ थान,पीपीइ ५० थान,गम बुट २५ जोर,अक्सिमिटर २ थान,मेडिकल गलक्स २०० जोर,थर्मामिटर गन २ थान, एन ९५ मास्क ५० थान, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु रहेका छन् । सामाग्री ग्रहण गर्दै अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेट डाक्टर रन्जु सिंहले उपलब्ध सामग्रीहरुले कोभिडको रोकथाम तथा नियन्त्रणमा थप टेवा पुग्ने जनाउँदै सहयोगीहरुलाई धन्यवाद दिनुभयो । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवं चितवन जिल्ला इञ्चार्ज सन्देश पौडेलले कोभिड बिरुद्धको लडाई साझा बिषय भएको भन्दै यसको नियन्त्रण र रोगथाममा सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार