नेपाल कम्युनिस्ट पार्टी(विप्लव) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को केन्द्रिय कार्यक्रम अनुसार लुम्बिनी क्षेत्रीय समन्वय समितिले निरन्तर काेभिड १९ विरुद्ध विद्यार्थी अभियान चलाईरहेकाे छ । यसै अभियान अन्तर्गत संगठनले विश्व महामारी कोरोना भाइरस(कोभिड-19) बाट आम जनतामा कुनै पनि समस्या आइ परेमा चाैबिसै घण्टा सम्पर्क गर्न भन्दै हटलाईन सेवा संचालन गरेको छ । अाम जनताको सेवामा तत्पर हाम्रो पार्टी र गाैरवशालि संगठन जनताकाे दुख हेर्न नसक्ने भएको हुँदा कुनै बेला समस्या परे तलका सम्बन्धित नम्बरहरु सम्पर्क गर्न अनुरोध गरेको छ । अखिल (क्रान्तिकारी) लुम्बिनी ब्यूरोका प्रत्येक जिल्लाहरु रुपन्देही, पाल्पा, नवलपरासी, कपिल्वस्तु, अर्घाखाँची, नवलपुर का जिल्लाहरुमा सेवा र सहयोगको लागि तत्पर रहेको लुम्बिनी ब्यूरो संयोजक बिरेन्द्र बिकले बताएका छन् । 