logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी


  • राजनीति
  • सोमबार, जेष्ठ १० २०७८

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बालुवाटारमा बसिहरहेको बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनस्थापनामा हस्ताक्षर गर्ने सांसदहरूलाई कारबाही गर्ने तयारी रहेको बताइएको छ ।

एमालको शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार आइतबार २४ घण्टाको म्याद दिएर स्पष्टीकरण सोधे पनि उक्त समूहले स्पष्टीकरण दिएन । नेता भीम रावलका अनुसार उक्त स्पष्टीकरणको कुनै औचित्य नभएकाले स्पष्टीकरण नदिइएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार