नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जाजरकोटले जिल्ला स्वास्थ्य कार्यालयमा रहेका तिस वटा अक्सिजन सिलिण्डर भरिदिएको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाई भरिएका तिस वटा सिलिण्डर हस्तान्तरण गरिएको अखिल(क्रान्तिकारी) जाजरकोटका अध्यक्ष विराजन शाहीले बताउनुभयो ।
काेभिड १९ ले अाक्रान्त पारेको अवस्थामा अक्सिजन अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भनि स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा रहेका तिस वटा अक्सिजन सिलिण्डर अाफ्नाे संगठनले भरि दिएको अध्यक्ष शाहीले बताउनु भयो । अक्सिजन अभावमा बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ । विषम परिस्थितीमा अखिल (क्रान्तिकारी)को सहयोगले विरामीहरुलाई टेवा पुग्ने स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीले बताउनु भयो साथै सहयोग गर्ने अखिल(क्रान्तिकारी)जिल्ला समिति धन्यवाद दिदै निरन्तर सहकार्य अपेक्षा समेत गर्नु भएको छ । अक्सिजन सिलिण्डर हस्तान्तरण कार्यक्रममा अखिल(क्रान्तिकारी) डोल्पा र जाजरकोटका ईन्चार्ज प्रेम शाहीकाे उपस्थितिमा संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।