राजनीति
काठमाडौं – प्रहरीले सांसद निरु पाललाई पेस्तोल देखाएर धम्की दिएको विषयमा अनुसन्धान सुरु गरेको छ । प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट ७५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हाे ।
प्रहरीले काठमाडौंमा रहेका ८० जना सादा पोशाकका प्रहरी घटनामा संलग्नको खोजीका लागि परिचालन गरेको जनाएको छ ।
साउन १५ गते बेलुका ८ बजे नेपाल कम्युनिस्ट पार्टीकी सांसद निरु पाललाई काठमाडौंको बानेश्वरमा नचिनेका मानिसहरुले सांघातिक आक्रमण र पेस्तोल ताकेर धम्की दिएको घटना सार्वजनिक भएको थियो ।
सांसद पालले बुधबार संसदीय सुनुवाइ समिति र बिहीबार संसदमा यस विषयमा जानकारी नै गराएकी छन् । काठमाडौंमा सांसदमाथि नै आक्रमण भएको घटना बाहिर आएपछि प्रहरी सक्रियताका साथ अनुसन्धानमा लागेको हो ।