नेपाल कम्युनिस्ट पार्टिका महासचिव विप्लवले कोरोना माहामारीमा जनताको सेवा खट्न सम्पुर्ण पार्टिपंती र नेता कार्यकर्तालाई गरेको आवह्वानको अनुसरण गर्दै नेपाल कम्युनिस्ट पार्टिका युवा एवं बौद्धिक नेता, काठमाडौं जिल्लाका पुर्व जिल्ला इन्चार्ज भिमसेन घिमिरे विपिनको नेतृत्व र पहलकदमीमा, जिरेखुर्सानी सहकारी संस्था लि. र नेपाल स्वास्थ विज्ञान व्यावसायि संघ त्रिपुरेश्वरको संयुक्त सहकार्य र आयोजनामा ललितपुर जिल्लामा जनसहयोग र जनहातेमालो अभियान २०७८ उद्घाटन भएको छ ।
सुरक्षाका कडा मापदण्ड पालना गर्दै एक कर्यक्रमका विच उद्घाटन गरिएको अभियानमा बोल्दै अभियानका अभियान्ता एवं नेपाल कम्युनिस्ट पार्टिका नेता विपिनले यो विपत्तिको वेला आफ्नो पार्टि जतिसक्दो जनताको सेवामा समर्पित हुने बताएका छन ।
उनले यस्तो संकटको बेलामा ओलि सरकार भने रमिले बनेको बताए । उनले जनतालाई बचाउनुको सट्टा ओलिसरकार सत्ता र शक्तिको लडाइँमा मस्त रहेको भन्दै दलालहरूले जनताको स्वास्थको रक्षा गर्न नसक्ने बरु त्यसलाई उनिहरूले व्यापारिक मजाक बनाएको जिकिर गरे । दलाल पूँजीवाद र त्यसका मतियारहरूले जनता र राष्ट्रको रक्षा गर्न नसक्ने कुरा यो महामारीले पुष्टि गरेको भन्दै उनले यो मानवताविरोधी व्यवस्थालाईनै अब विदा गरेर वैज्ञानिक समाजवादको स्थापना गर्न अत्ति आवश्यक भएको स्पष्ट पारेका छन । महामारीको वेला जनताको रक्षा नगरी शक्ति, पद र पैसाकालागी लुटपाटमा लागेर सरकारले मानवताविरोधी कार्य गरेको भन्दै विपिनले अब सवै जनतामिलेर मनवता बिरोधिहरूलाई परास्त गर्नुपर्ने बताएका छन् । विपिनले जनतालाई संकटपर्दा आफ्नो पार्टि सदा जनताको साथमा रहँदै आइरहेको बताउँदै संकटकोबेला कालोबजारी नगर्न व्यापारीहरूलाई समेत चेतावनी दिएका छन ।
सोहि कार्यक्रमको अध्यक्षता गरेका स्वास्थ व्यवसायी संघका अध्यक्ष सरस्वती बन्जाराले आफुहरू सकेसम्म जनतालाई सहयोग गर्न तैयार रहेको बताएका छन् । बन्जाराले व्यापार र मुनाफा आफुहरूको प्रथमिकताम कहिल्यै नरहेको भन्दै देश र जनताको स्वास्थ आफुहरूको प्राथमिकतामा रहेको भन्दै यतिबेला पैसा नभएर जनताको स्वास्थ नै मुख्य कुरा भएको बताएका छन् । उनले आफुहरू निरन्तर सेवामा रहने बताएका छन ।
जेठ १० गते उद्घाटन भएको अभियानले गोदावरी नगरपालिका वर्ड न ३ टौखेल ढुङ्गेधारा बस्तीका ५० ग्जरधुरीलाई अत्यावश्यक माक्स, सेनाइटजर, पन्जाहरू वितरण गरिएको छ । जसनाट खण्डै २०० जना भन्दा बढी लाभान्वित भएका छन ।
अभियानले राहत संकलन गरि विपन्न , मजदुर , श्रमिक, सिमान्तकृत समुदाय, र किसानहरूलाई वितरण गर्ने, जनतामाझ जनसचेतना का कार्यहरू संचालन गर्ने, जनताको सेवामा खटिएका स्वस्थकर्मीहरूलाई सहयोग गर्ने , स्वास्थ क्षेत्रमा देखिएको अराजकता, व्यापारीक मनसिकता र भ्रष्टाचारका विरुद्ध आवाज उठाउने लगाएतका उदेशहरू रहेका छन ।
कार्यक्रम मार्फत नेकपाका नेता विपिन लगाएतका अभियान्ताहरूले यो महामारीको वेला सबैलाई जनताको सेवामा खट्न र यो अभियानलाई सक्दो सहयोग गर्न पनि अपिल गरेका छन । ।












